समाचार तथा गतिविधि
प्रश्न पत्र बल्ल पुगे डोल्पामा
रेडियो डोल्पा एफ.एम.
डोल्पा(दुनै), असार २८ –
डोल्पामा संचालित २ वटा क्यँम्पसमा अध्ययनरत स्नातक दोस्रो वर्षको परीक्षाका प्रश्नपत्र ७ वटा विषयको परीक्षा सकिए पछि बल्ल पुगेका छन् ।
प्रश्नपत्र पुगे पछि बुधवारबाट त्रिभुवन विश्वविद्यालयबाट पठाइएका प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरिएको छ । परीक्षा मर्यादित र सौहार्द भएको डोल्पो क्याम्पस डोल्पा परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष धनञ्जय सुवेदीले बताए ।
स्नातक तह दोस्रो वर्षको परीक्षाका लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट पठाइएका प्रश्नपत्र आइनपुग्दा गत २३ गते र २६ गतेका ७ वटा विषयको परीक्षा जिल्ला प्रहरी कार्यालयमा इमेलबाट प्रश्नपत्र तानेर परीक्षा गराइएको डोल्पो क्याम्पस डोल्पाका प्रमुख एवम् सहायक केन्द्राध्यक्ष सुवेदीले बताए ।
उनका अनुसार प्रश्नपत्र मंगलवार बल्ल डोल्पा पुगेका छन् । बुधवार ४ वटा विषयको परीक्षा बल्ल त्रिभुवन विश्वविद्यालयले पठाएका प्रश्नपत्रबाट लिइएको छ । डोल्पा जस्तो भौगोलिक बिकट्ता, विशालता र यातायातको समस्याका कारण प्रश्नपत्र आउन नसकेको हो ।
जुफाल विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम सुरु भए पछि यातायातको समस्याले प्रश्नपत्र आउन नसकेको अवस्था हो । यही विभिन्न समस्याका कारण प्रश्नपत्र इमेलबाट तानी फोटोकपी गरेर २३ र २६ गतेको परीक्षा सञ्चालन गरिएको थियो । प्रश्नपत्र मात्र होइन प्रवेशपत्र र टिप्लिकेट समेत इमेलबाट तानेर प्रिन्ट गरी काम गरिएको परीक्षा केन्द्र रहेको डोल्पो क्याम्पस डोल्पाले जनाएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





