समाचार तथा गतिविधि
बजेट सक्न र निर्माण गर्न दुबै एकैचोटी चटारो
रेडियो डोल्पा एफ.एम.
डोल्पा(दुनै), असार २८ –
यतिखेर स्थानीय निकायहरुमा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम निर्माणको चटारो छ भने अर्कातिर साल तमामको चटारो पनि त्यतिगै छ ।
आगामी आर्थिक वर्षका लागि डोल्पाका स्थानीय तहहरुले धमाधम बजेट, नीति तथा कार्यक्रम र योजना तर्जुमा तथा निर्माण गर्ने काम भैरहेको ठुली भेरी नगरपालिका दुनै डोल्पाका प्रमुख गणेशबहादुर शाहीले बताए । उनले थपे हाम्रो नगरपालिकाको योजना तर्जुमा, नीति तथा कार्यक्रम निर्माण र बजेट विनियोजन गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ । हामी सके यही आउने ३० अथवा ३१ गते बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने छौं ।
ठुली भेर नगरपालिकाका जस्तै डोल्पाका अन्य स्थानीय तहहरुले पनि नीति तथा कार्यक्रम निर्माण गर्ने, योजना तर्जुमा गर्ने, बजेट सिलिङ तोक्ने, बजेट विनियोजन गर्ने, आय अनुमान गर्ने, स्रोत पहिचान गर्ने, राजश्व तथा आयको अनुमान गरी त्यस बमोजिमका योजनाहरु तर्जुमा गर्ने काम भैरहेको जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी सागर मिश्रले बताए ।
दुई नगरपालिका र ६ गाउंपालिका गरी ८ स्थानीय तह रहेको डोल्पा जिल्लामा यतिखेर साल तमामले छोएको छ । सबै कर्मचारीहरु व्यस्त देखिन्छन् । सबैभन्दा खाना खान नभ्याउने कार्यालय प्रमुख र लेखाका कर्मचारीहले बताउछन् । रातदिन काम नगरौं जनताको विकासका लागि आएको बजेट फ्रिज भयो भने जनता मर्कामा पर्ने महसुस गरी राति पनि काम गर्नु परेको जिल्ला समन्वय समिति डोल्पाका सहायक लेखापाल रुपचन्द्र बुढाले बताए । उनले थपे उपभोक्ता समितिहरु ढिलो आउने गरेका कारण अन्तिममा चटारो हुने परम्परा बन्दै आएको छ ।
यस प्रकार जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुमा साल तमामको चटारो छ । त्यसमा पनि विकासे कार्यालयहरु जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, साविकका सम्पूर्ण गाविसहरु, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला वन कार्यालय, महिला तथा बालबालिका कार्यालय, साना तथा घरेलु विकास समिति, सिंचाइ सव डिभिजन कार्यालय, जलउत्पन्न प्रकोप नियन्त्रण सव डिभिजन कार्यालय लगायतका विभिन्न कार्यालयहरुमा आफू पुगेको बेला साल तमामको दबाव देखिएको पत्रकार रुपलाल वोहोराले बताए ।
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट असार भित्र पास गरिसक्नु पर्ने संघिय मामला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन भएको भए पनि सम्बन्धित गाउंपालिका र नगरपालिकाहरुमा बैंकहरु नहुंदा साल तमामकै दबावले माथिल्लो र तल्लो डोल्पाका गाउंपालिकाहरुका कार्यकारीहरु समेत सदरमुकाम केन्द्रित भएको देखिन्छ । बुधवार असारको २८ गतेसम्म डोल्पाका कुनै पनि स्थानीय तहहरुले नीति कार्यक्रम तथा बजेट पास त के प्रस्तुत सम्म गरेका छैनन् । सदरमुकाम दुनैकै नगरपालिका ठुलीभेरी नगरपालिका, यस नगरपालिकालाई छोएको त्रिपुरासुन्दरी नगरपालिका र काइके गाउंपालिकाले पनि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेका छैनन् । यसले के देखाउछ भने असारको अन्तमा बजेट प्रस्तुत गर्ने र त्यसमाथि विस्तृत छलफल नगरीकनै दबावमा बजेट पास गर्ने रणनीतिमा स्थानीय तहहरु रहेको आरोप एक स्थानीय जनताले लगाए ।
साल तमामका कारण विभिन्न योजनाहरुका उपभोक्ता समितिका पदाधिकारीहरु सदरमुकाम दुनै केन्द्रित भएको देखिन्छ । यसले गर्दा दुनै बजारका होटेलहरुमा धेरै भिडभाड देखिएको छ । होटेल पसलहरुमा पनि अरु बेलाको भन्दा राम्रो व्यापार भैरहेको डोल्पा उद्योग वांणिज्य संघका अध्यक्ष लालिमान बुढाले बताए ।
कति योजनाहरु त समय अभावका कारण योजना अनुगमन नगरीकनै भूक्तानी हुने गरेको आरोप समेत केही स्थानीयले लगाएका छन् । उनीहरुको गुनासो छ वरिपरि घुम्नेहरुलाई योजना परेका छन् । यस प्रकारका योजनाहरु ३० प्रतिशत रहेको पनि सर्वसाधारणहरुको आरोप छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





