समाचार तथा गतिविधि
डोल्पाका कुनै पनि स्थानीय तहले २५ गते बजेट ल्याउन सकेनन्
रेडियो डोल्पा एफ.एम.
डोल्पा(दुनै), असार २५–
संघिय मामला तथा स्थानीय विकास मन्त्रालयले पहिलो चरणमा निर्वाचन सम्पन्न भएका स्थानीय तहहरुलाई बजेट प्रस्तुत गरेर यही असार मसान्त भित्र बजेट पास गरिसक्नु पर्ने निर्देशन गरे पछि डोल्पाका कुनै पनि स्थानीय तहहरुले बजेट ल्याएका छैनन् ।
बजेट प्रस्तुत गर्नु त कता हो कता कार्यकारी अधिकृतहरु समेत आफ्नो गाउंपालिकामा पुग्न सकेका छैनन् । सदरमुकाम मै साल तमामको काममा अल्झिएका छन् ।
केन्द्रबाट नीति निर्देशन पनि ढिला प्राप्त हुने, नगरपालिका तथा गाउंपालिकाहरुमा नेट इन्टरनेट प्राप्त नभएकाले केन्द्रसंग सम्पर्कमा बसेर काम गर्न कठिनाई भएको र गाउंपालिकामा बैंक नभएकाले साल तमामको बेला जनताको काम सक्नु पर्ने र विकासका कामको बजेट सक्न समेत जिल्ला सदरमुकाम बस्नु पर्ने बाध्यता भएका कारण गाउंपालिकामा जान नसकेकै कारण केन्द्रले तोकेको दिन असार २५ एवम् आइतवार बजेट ल्याउन नसकिएको मात्र होइन गाउंकार्यपालिकाको बैठक समेत बसाउन नसकेको जगदुल्ला गाउंपालिका रिमीका नवराज पराजुलीले बताए ।
मन्त्रालयले यस भन्दा अघि सक्नु पर्ने भनेर तोकेको काम समेत हुन नसकेको अवस्था रहेको छ । सदरमुकाम दुनैमा अवस्थित ठुली भेरी नगरपालिका दुनै र नजिकैको त्रिपुरासुन्दरी नगरपालिकाले समेत विविध कारण देखाएर आइतवार बजेट प्रस्तुत गर्न नसकेको ठुलीभेरी नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सुनारले बताए ।
सुरुको बजेट अधिवेशन अनुभव पनि नभएको, भौगोलिक रुपमा कठिन, सूचना, सञ्चारको समस्या, केन्द्रबाट प्राप्त हुने नीति निर्देशनहरु प्राप्त गर्न कठिनाई, गाउंपालिकामा बैंक नभएका कारण विकासका कामको भुक्तानी, नयां खाता संचालन लगायतका विभिन्न समस्यामुलक कामका कारण बजेट ल्याउन कठिन भएकोले हाल हामी धेरै कार्यकारी अधिकृतहरु दुनैमै रहेका छौं डोल्पोबुद्ध गाउंपालिका धो का कार्यकारी अधिकृत नारायण ढकालले बताए ।
सदरमुकाम दुनै र नजिकैका ठुली भेरी नगरपालिका दुनै, त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोट, काइके गाउंपालिका शहरतारा लगायतका स्थानीय तहहरुले आगामी ३० गते बजेट प्रस्तुत गर्ने योजना बनाएको ठुली भेरी नगरपालिका दुनैका कार्यकारी अधिकृत गोविन्द सुनारले बताए । उनले थपे आइतवारबाट बल्ल नगर कार्यपालिकाको बैठक सुरु गरेका छौं ।
दुई वटा नरपालिका र ६ वटा गाउंपालिका रहेको डोल्पामा आइतवारबाट ठुली भेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको नगरकार्यपालिकाको बैठक सुरु भएको हो । अन्य सबै गाउंपालिकाहरुमा गाउंकार्यपालिकाको बैठक समेत सुरु हुन नसकेको स्थानीयहरुले बताएका छन् ।
आइतवार आआफ्नो गाउंपालिकामा बजेट प्रस्तुत गर्नु पर्नेमा ६ वटै गाउंपालिकाका कार्यकारी अधिकृतहरु सदरमुकाम दुनैमै रहेका कारण गाउं व्यवस्थापिकाको बैठक भन्दा त गाउंकार्यपालिकाको बैठक गरेर आवश्यक तयारी समेत नगरेको गुनासो माथिल्लो र तल्लो डोल्पाका स्थानीयहरुले गरेका छन् ।
टेबलमा केही व्यक्तिहरु बस्ने र योजना बनाइ लाद्ने प्रकारले गाउंपालिकाहरुले तयारी गरेको अनुभव भएको एक एमाले कार्यकर्ताले बताए । उनले थपे अप्ठेराहरुको नाममा गाउंपालिका अध्यक्ष र कार्यकारी अधिकृत एक्लै बसेर तयारी गरेर जाने र एक्कासी घोषणा गर्नका लागि गाउंकार्यपालिकाहरुमा व्यापक छलफल नगराईकन ताली मात्र बजाउन लगाउने गरी लागे जस्तो भएको मुड्केचुला गाउंपालिकाका लंकबहादुर रोकायाले बताए ।
गाउंकार्यपालिकाका सदस्य रहने वडा अध्यक्षहरुले समेत आफूहरुलाई कुनै बजेट निर्माण, राजश्व, स्रोत व्यवस्थापन, योजना तर्जुमा प्रक्रिया, बजेट तथा कार्यक्रम निर्माण लगायतका विषयमा हालसम्म कुनै छलफल समेत नगराएको कार्यकारी अधिकृतले गुम्राहमा राखेको एक वडा अध्यक्षले फोनमा बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





