clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
जुनियर राष्ट्रिय सेवा दल तालिम सुरु
 
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै),  असार२३ –
 
   नेपाली सेना अन्तरगत रहेको राष्ट्रिय सेवा दलको जुनियर डिभिजन ४४ औं ब्याजको तालिम यस पटक डोल्पामा पनि शुक्रवारबाट प्रारम्भ भएको छ । 
   नेपाली सेनाको कालिदत्त गुल्म सुलिगाडका अनुसार नेपाली सेना अन्तरगत रहेको राष्ट्रिय सेवा दलको जुनियर डिभिजन ४४ औं ब्याजमा सरस्वति माध्यमिक विद्यालय दुनैका १८ छात्रा र १८ छात्र गरी ३६ जना विद्यार्थीहरुलाई सहभागि गराई हुन लागेको तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले पानसमा बत्ति बालेर गरेका थिए । 
   अनुशासन नै राष्ट्र सेवाको मुल जड हो भन्ने आदर्श वाक्य बोकेको यस राष्ट्रिय सेवा दलको मुल उद्देश्य छात्रा, छात्रहरुमा राष्ट्र सेवाको भावना विकास गराई देश प्रति वफादारीको भावना अभिवृद्धि गरी योग्य अनुशासित नागरिक बनाई भविश्यमा कुनै पनि क्षेत्रमा नेतृत्व प्रदान गर्न सक्ने क्षमताको विकास गर्नु रहेको कालिदत्त गुल्म सुलिगाडका सेनानी भगवान थापा मगरले बताए । 
   ५४ वर्ष अघि स्थापना भएको यस राष्ट्रिय सेवा दलले सुरुदेखि नै महाविद्यालय स्तरका छात्रा, छात्रहरुलाई सिनियर डिभिजन तालिम प्रदान गर्दै आएमोमा २०३१ देखि लागु भएको नयां शिक्षा नीति लागु भए पछि विद्यालय स्तरमा तालिम संचालन गराउदै आएको छ । यसै शीलशीलामा यस वर्षबाट डोल्पामा पनि एउटा विद्यालयका छात्रा, छात्रहरुलाई तालिम प्रदान गरेर सुरुवात गरिएको नेपाली सेनाले जनाएको छ । 
   तालिममा छात्रा छात्रहरुलाई संस्थागत तालिममा जोड दिई अनुशासनको महत्व, कर्तव्य बोध, व्यक्तित्व विकास र नेतृत्वदायी क्षमताको विकास जस्ता गुणहरुको विकास गर्न तर्फ जोड दिइने छ । तालिममा पिटी, ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो तथा प्राथमिक उपचार र अन्त्यमा वार्षिक सामाजिक तथा नैतिक क्याम्प संचालन गरिने नेपाली सेनाको कालिदत्त गुल्म सुलिगाड डोल्पाले जनाएको छ ।
   नेपाली सेनाका अनुसार यस वर्षदेखि डोल्पामा पनि सकेसम्म प्रत्येक वर्ष एक, दुई समूह गठन गरेर राष्ट्रिय सेवा दल अन्तर्गत जुनियर डिभिजन तालिम संचालन गरिने कालिदत्त गुल्म सुलिगाडका प्रमुख सेनानी थापा मगरले बताए । 
 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्