समाचार तथा गतिविधि
डोल्पाको पहिलो र दोस्रो सम्पूर्ण खोप युक्त क्षेत्र घोषणा
डोल्पाको पहिलो र दोस्रो सम्पूर्ण खोप युक्त क्षेत्र घोषणा
रेडियो डोल्प एफ.एम.
डोल्पा, असार २२ –
डोल्पा जिल्लाको साविकका गाविसहरु लिकू, पाहाडा, जुफाल र लावन गाविस तथा ठुलीभेरी नगरपालिका वडा नं. ७, ८ र ९, काइके गाउंपालिका वडा नं. ५, ६ र ७, त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ७, ८ पाहाडा ९, १० र ११ लिकू संयुक्त वडाहरुलाई पूर्ण खोपयुक्त स्थान घोषणा गरिएको छ ।
साविकका लिकू, पाहाडा, जुफाल र लावन गाविसका स्वास्थ्य व्यवस्थापन समितिहरुको आयोजनामा पूर्ण खोप सुरक्षित भविष्य भन्ने नाराका साथ बुधवार पहिलो लिकू गाविस अथवा त्रिपुरासुन्दरी नगरपालिका ९, १० र ११ को संयुक्त वडा कार्यालय लिकुले पहिलो र बिहिवार जिल्लाका पाहाडा, जुफाल र लावन संयुक्त वडाहरु दोस्रो पूर्ण खोपयुक्त स्थानका रुपमा घोषित भएका छन् । बिहिवार जुफालमा आयोजित विशेष कार्यक्रममा ठुलीभेरी नगरपालिका वडा नं. ७, ८ र ९ को संयुक्त वडा कार्यालयको आयोजनामा जुफाल, डांगीबाडा र मोतिपुरलाई पूर्णखोपयुक्त स्थान घोषणा गरिएको हो । त्यसै गरी काइके गाउंपालिका वडा नं. ५, ६ र ७ को संयुक्त वडा कार्यालय लावनको आयोजनामा व्यास, बैजीबारा, लावन, धारापानी, खानी र बनठाडालाई पूर्ण खोपयुक्त स्थान घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जनाएको छ । यी बस्तिका कुनै पनि बालबालिकाहरु खोपबाट नछुटेको र सबै बालबालिकाहरुले खोपको मात्रा पुरा पाएकाले पूर्ण खोपयुक्त संयुक्त वडा घोषणा गरिएको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले मन्तव्यमा बताए ।
साविकको जुफाल गाविस र लावन गाविसमा रहेका २ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुले सबै खोप पाएर पूर्ण खोपयुक्त रहेकाले लामो समयको प्रयासबाट यी वडाहरुलाई पूर्णखोप युक्त वडा घोडा घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डा.श्रीकान्त अग्रवालले बताए ।
नेपाल सरकारको पूर्ण खोपयुक्त देश बनाउने लक्ष्य बमोजिमको अभियान अनुसार बुधवार लिकु गाविस एवम् त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ९, १० र ११ को संयुक्त वडाले जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी सागर मिश्रको प्रमुख अतित्थ्यमा गत बुधवार मात्र जिल्लाको पहिलो पूर्ण खोपयुक्त स्थान घोषणा गरिएको थियो ।
त्यसको लगत्तै बिहिवार ठुलीभेरी नगरपालिकाको वडा नं. ७, ८ र ९ को संयुक्त वडा, त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ७ र ८ को संयुक्त वडा पाहाडा र काइके गाउंपालिकाको वडा नं. ५, ६ र ७ को संयुक्त वडा लावनको आयोजनामा डोल्पाका दोस्रो पूर्ण खोपयुक्त स्थानका रुपमा घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जनाएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





