clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
विवाहावारी २० बर्षपारी विषयक बक्तीत्वकला प्रतियोगरीता सम्पन्न
रेडियो डोल्पा एफ.एम. 
   डोल्पा, असार १६  – 
 
   जिल्ला समन्वय समिति डोल्पाको आयोजनामा बालबालिको क्षमता विकासका लागी विवाहवारी २० बर्षपारी कार्यक्रम अन्तर्गत बालअधिकारको सुनिश्चितता वक्तृत्व कला प्रतियोगितामा सरस्वति माध्यमिक विद्यालय दुनै प्रथम भएको छ । 
   विवाहवारी २० वर्षपारी कार्यक्रम अन्तर्गत बालअधिकारको सुनिश्चितता विषयमा जिल्लाका माध्यामीक विधालयस्तरीय बक्तीत्वकला प्रतियोगीता सम्पन्न भएको हो । उक्त बक्तीत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दुनै, आर्दश माध्यमिक विद्यालय जुफाल, सरस्वती माध्यमिक विद्यालय सुं, त्रिपुराकोट माध्यमिक विद्यालय मद्दु, जनप्रभा माध्यमिक विद्यालय लिकु, अन्नपुर्ण माध्यमिक विद्यालय सर्मी, लक्ष्मी माध्यमिक विद्यालय  माझफाल, बिध्यमन्दीर माध्यमिक विद्यालय माझफाल गरी ८ वटा माध्यामीक विधालयका १४ जना छात्राछात्रहरुले भाग लिएका थिए । 
 
    वक्तित्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दुनैका चन्द्र बोहोरा प्रथम, सरस्वती माध्यमिक विद्यालय सुं की छात्रा विपना बोहोरा द्धितीय, विधामन्दीर माध्यमिक विद्यालय माझफाल की छात्रा भावना बोहोरा तृतीय र जनप्रभा माध्यमिक विद्यँलय लिकुका छात्र सुर्य गिरी चौथो भएर सान्तोना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथमलाई ९ हजार, दितियलाई ६ हजार, तृतियलाई ४ हजार ५ सय र सान्तोनालाई ३ हजार नगद पुरस्कार र प्रमाणपत्र जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी सागर मिश्रले वितरण गरेका थिए । प्रतियोगिता जिल्ला समन्वय समितिको सभाकक्ष दुनै डोल्पामा सम्पन्न भएको थियो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्