clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
बल्ल छुट्टा छुट्टै कक्षा कोठा पाए विद्यार्थीले
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, असार  १६ – 
 
   हिमालयन फेमिली अमेरिकाको आर्थिक सहयोगमा ३ कोठे भवन बनेपछि ध्रुवतारा आधारभुत विद्यालय उपल्लोदुनै डोल्पाका कक्षा १ र २ का विद्यार्थीले बल्ल छुट्टै कक्षा कोठा पाए । 
   कक्षा कोठाको अभावका कारण ध्रुवतारा आधारभुत विद्यालयले शिशु कक्षा वा बालविकास केन्द्र, कक्षा १ र कक्षा २ का विद्यार्थीहरुलाई एउटै कोठामा राखेर अध्यापन गराउने आएकोमा उक्त संस्थाको सहयोगबाट निर्मित ३ कोठे यो भवन हस्तान्तरण भए पछि शुक्रवारबाट यी कक्षाहरु पनि आ–आफ्नै कक्षा कोठामा कक्षा सञ्चालन भएका छन् । 
   आधारभुत तहको कक्षा ५ सम्म संचालन भएको ध्रुवतारा आधारभुत विद्यालय उपल्लोदुनै डोल्पालाई हिमालय फेमिली अमेरिकाले गरेको आर्थिक सहयोगबाट ३ कोठे भवन निर्माण सम्पन्न भए पछि कक्षा १ र २ का विद्यार्थीहरुले छुट्टै कक्षा कोठा पाएको उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर वि.क.ले बताए । 
   उनका अनुसार यो विद्यालय सेवा क्षेत्रभित्र स्थायी बसोबास रहेका पृथ्वीबहादुर शाहीका अमेरिकामा रहेका छोरा प्रकाश शाही र छोरी राजन शाहीको पहलमा अमेरिकामा रहेका नेपालीहरुको संस्था हिमालयन फेमिली अमेरिकाले नेपालीहरुबाट नै संकलन गरेर पठाएको १८ लाख आर्थिक सहयोगमा निर्माण भएको हो । 
   यो भवन बनाउनु भन्दा पहिले  गत आर्थिक वर्षमा पनि उक्त संस्थाको १० लाख आर्थिक सहयोग प्राप्त भएको र त्यस बेला घेराबार, खेल मैदान निर्माण, जग्गा खरिद र खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण कार्कीले बताए । 
   सत्र वर्ष अघि स्थापना भएको यो विद्यालयका ३ वटा २, २ कोठे भवन मष्टामाडु चौरमा रहेकोमा ४ वर्ष अघि माथिबाट लडेर आएका ढुङ्गाले क्षतिग्रस्त बनाए पछि विद्यालयलाई पारी बेर्नामा सारिएको थियो । यहां सारेदेखि कक्षा कोठाको अभाव भएकाले विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा गुहारिएको र जिल्ला शिक्षा कार्यालयले एउटा २ कोठे भवन सुरुको वर्ष दिएको भए पनि त्यस पछिका वर्षहरुमा नहेरे पछि जिल्ला विकास समिति अन्तर्गत शान्ति विकास कोषबाट अर्को २ कोठे भवन बनेको थियो । ती दुबै भवन गरेर जम्मा ४ वटा कोठा मात्र रहेकोले त्य मध्ये एउटा कोठालाई पार्टेशन गरेर ५ कोठा बनाई एउटा कोठामा कार्यालय चलाई बांकी ४ कोठामा बालविकास केन्द्र, कक्षा १ र कक्षा २ गरी ३ वटा कक्षा एउटै कोठामा र कक्षा ३, कक्षा ४ र कक्षा ५ लाई भने एक एक कक्षा कोठामा पठनपाठन सञ्चालन हुंदै आएको उक्त विद्यालयले जनाएको छ । 
   यो विद्यालयमा हालसम्म कक्षा कोठाको अभाव रहेकोमा त्यो अभाव समाधान भए पनि घेराबार, सिकाई तथा शैक्षिक सामग्री, शिक्षकहरुको छुट्टै शौचालय, छात्राहरुको छुट्टै शौचालय, स्वच्छ खानेपानीको समस्या कायमै छ । सबैभन्दा पहिले बनाएको भवन जिर्न भएकाले मर्मत गर्नु पर्ने भैसकेको ध्रुवतारा आधारभुत विद्यालय उपल्लोदुनैले जनाएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्