पाहाडा ७ का बुद्धि बिकको घरमा बिहान ७ बजेतिर अचानक आगलागि भएको पाहाडा गाविसले जनाएको छ । आगोलागिबाट बुद्धि बि क को घर, अन्नपात, भाडाँ वर्तन, लत्ताकपडा र ३७ हजार नगद रुपैया लगायतको सबै सम्पत्ति जलेर नष्ट भएको छ ।
घरमा जडान गरिएको सोलार जलेर आगोलागि भएको अनुमान गरिएको पाहाडा गाविसका जंगबहादुर शाहीले बताए । विहान आगोलागि भएकाले मानविय क्षती हुन पाएन । घर समेत आगोलागिबाट क्षती भए पछि बुद्धि बिक को परिवारलाई खान, लाउन र बस्नको लागि समस्या परेको छ । उनको परिवार छिमेकीको घरमा बास मागेर बसेका छन् ।
आगजनी पीडित बुद्धि बिकको परिवारलाई गाविस, जिल्ला विकास समिति, रेडक्रस, जिल्ला प्रशासन कार्यालय लगायतका सम्बन्धित निकायले समयमा क्षतिपुर्तिका पहल गरिदिनु पर्ने पाहाडा गाविस बासीहरु बताउछन् । आगजनी पीडित बुद्धि बिक क्षतिपूर्ति पाइने आशामा जिल्ला प्रशासन कार्यालय डोल्पामा गुहार माग्न पुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
Loading...





