clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
जगरुक कामदार कार्यशाला सुरु
रेडियो डोल्पा एफ.एम.
    डोल्पा, १४ असार – 
 
   जिल्लाको सदरमुकाम दुनैमा दुई दिने जागरुक कामदार कार्यशाला व्लुशिप होटेलको सभाकक्षमा सुरुभएको छ । काठ्मान्डौ वातावरण शिक्षा सांस्था (किप)को आयोजनामा र पोटर्स प्रोगे्रसको सहयोगमा उक्त प्रशिक्षण सन्चालन भएको हो । 
    दुई दिन सम्मा सन्चालन हुने कार्यशालामा पर्यटकहरुको गाइड वा टे«किङमा जांदा भरियाको बिकास कार्यशाला, वातावरणीय सचेतना कार्यक्रम, जैबिक उर्जा, प्रथामीक उपचार, अग्रेजी भाषा, इकोलीस्ट कोर्ष बारेमा प्रशिक्षण दिइने छ । 
    आजको पहिलो दिनमा पर्यटकको गाइड वा ट्रेकिङमा जांदा कस्ता किसिमका सामानहरु प्रयोग गर्ने, लेक लाग्दा गर्ने, नक्सा कसरी कोर्ने भन्ने बारेका प्रशिक्षण दिईने छ । उक्त प्रशिक्षण कार्यक्रममा डोल्पा जिल्लाका विभिन्न ठाउंका ५१ पुरुष र ९ जना महिला गरि ६० जनाको सहभागीता रहेको छ । उक्त दुई दिन सम्मा चल्ने कामदार जागरुक कार्यशाला गोष्ठीमा काठमान्डौ वातावराण शिक्षा सांस्थाका प्रतिनिधिहरु ईएन वाल, अर्जुन कुमार लिम्बु, राजेन्द्र कर्माचार्य र सुरेश शर्माले प्रशिक्षण दिने छन् । 
    डोल्पा जिल्ला पर्यटकीय सम्भावना वोकेको थुप्रै ठाउहरु भएकोले र पर्यटकहरुको आवत जावत गर्ने भएकाले यहांका स्थानिय वासिन्दाले पर्यटकीय ज्ञान धरैले पाउलान भनेर काठमान्डौं वातावरण शिक्षा सांस्था संग सम्र्पक गरेर कार्यशाला तथा प्रशिक्षण कार्यक्रम राखिएको उक्त तालीमका व्यवस्थापक चन्द्रबिक्रम शाहीले बताए । 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्