clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
विद्यालय शान्ति क्षेत्र उन्मुख
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १५ असार –
 
   विद्यालयलाई शान्तिक्षेत्र बनाउने विषयमा छलफल गर्दा डोल्पामा विद्यालयहरु शान्ति क्षेत्र उन्मुख बनेको सबैको धारणा आएको थियो । 
   केही वर्ष अघि विद्यार्थी नभए कुनै पनि कार्यक्रम नहुने डोल्पा जिल्लामा हालआएर विद्यार्थी सहभागि गराउने प्रवृति धेरै कम हुदै आएको सहभागिहरुले बताएका थिए । 
   विद्यालय हाता भित्र मात्र होइन देश, जिल्ला, गाउं र घरमा समेत शान्ति हुनु पर्छ अनि मात्र बालबालिकाहरुले स्वतन्त्र रुपमा शिक्षा हासिल गर्न पाउंछन् र शिक्षामा गुणस्तर बढ्दै जाने जिल्ला शिक्ष्ाँ अधिकारी रामराज खकुरेलले बताए । 
   उनले थपे जिल्लामा जब पूर्ण रुपमा विद्यालयहरुमा शान्ति क्षेत्र कायम हुदैन तबसम्म जिल्लाको शैक्षिक गुणस्तरमा सुधार नआउने मात्र होइन जिल्लाको समग्र विकासमा समेत प्रगति हुदैन । 
   विद्यालयलाई शान्तिक्षेत्र जबसम्म बनाइदैन तबसम्म शिक्षामा भने जस्तो सुधार हुन नसक्ने क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका शाखा अधिकृत लालप्रसाद पोख्रेलले बताए । उनले थपे विद्यालय शान्ति क्षेत्र बनाउने विषय मात्र होइन हरेक शैक्षिक विकास र सुधारमा एउटा शिक्ष्ँकले मात्र गरेर हुदैन, त्यसमा अभिभावक, सरोकारवाला, विद्यँर्थी सबैको सक्रिय सहभागिता र सहयोग आवश्यकता पर्छ । 
   जिल्ला शिक्षा कार्यालय डोल्पाको आयोजनामा भएको विद्यालय शान्तिक्षेत्र विषयक अन्तक्र्रिया कार्यक्रममा सरोकारवाला सबैले सकारात्मक र सक्रिय सहयोग गर्नु पर्ने सबैले बताएका थिए । उनीहरुका अनुसार यसमा सबैभन्दा बढि राजनीतिक दलहरु गम्भिर भएर भुलेर पनि विद्यालय भित्र कुनै पनि कार्यक्रम नगर्ने अरुले गरे पनि गर्न नदिने प्रतिवद्धता जनाएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ  । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्