समाचार तथा गतिविधि
सार्वजनिक सुनुवाईकार्यक्रम सम्पन्न
लेखबहादुर बुढा
रेडियो डोल्पा एफ.एम.
डोल्पा, असार ११ – कृषि तथा खाधा सुरक्षा आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम आईतबार सम्पन्न भएको छ । जिल्ला पसु सेवा कार्यलय डोल्पा जिल्ला स्वस्थ कार्यलय डोल्पा र जिल्ला कृषि विकास कार्यलय डोल्पा अन्र्तरगत डोल्पा जिल्लाका १० गाविस मा कृषि तथा खाधँ सुरक्षामा सुधार गर्नको लागी अनुदान कार्यक्रम लागु भई रहेको छ । आर्थिक बर्ष २०७३ । ७४ को कृषि तथा खाधा सुरक्षा आयोज अन्तरगत बार्षिक सन्चालीत कार्यक्रमहरुको सार्वजानिक सुनुवाई गरिएको हो ।
कृषि तथा खाधा सुरक्षा आयोजना कार्यक्रम डोल्पा जिल्लामा पहिलो चरणमा दुनै र जुफाल दोस्रो चरणमा माझफाल ,लिकु नर्कु र काईगाउमा र तेसा्रे चरणमा फोक्सुन्डो त्रिपुराकोट र ल्हा गरि १० गाविसमा लागु भएको छ । जिल्ला कृषि विकास कार्यलय जिल्ला पसु सेवा कार्यलय र जिल्ला स्वस्थ कार्यलयसग सहकार्यमा र डोल्पा बाताबरण तथा सास्कृतिक बिकास यात्रा डिकेड डोल्पाको सामाजीक परिचालनमा सन्चालन हुदै आएको छ । कार्यक्रम लागु भएका १० वटा गाविसमा यस बर्ष कृषि बिकास कार्यलय अन्तरगत २५ वटा ,जिल्ला पसु सेवा कार्यलय अन्तरगत २५ वटा र स्वस्थ कार्यलय अन्तरगत २० वटा साना अनुदान कार्यक्रम रहेका छन ।
जिल्ला पसु सेवा कार्यलयबाट सन्चालीत कृषि तथा खाधँ सुरक्षा आयोजनाका हाल सम्पा गरिको प्रगती ,लाभान्वीत, अवसर,समस्या,चुनौती को बारेमा जिल्ला पसु कार्यलयका अधिकृत चन्द्र धरालाले प्रस्तुती प्रस्तुत गर्नु भएको थियो भने जिल्ला स्वस्थ कार्यलय बाट जिल्ला स्वस्थ प्रमुख डाक्टर श्रीकान्त अग्रवालले र जिल्ला कृषि विकास कार्यलय बाट कृषि बिकास अधिकृत कलश राम चौधरीले आर्थिक बर्ष २०७३ ।७४ बार्षिक सन्चालीत कार्यक्रमहरुको बारेमा प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।
उक्त सार्वजानिक सुनुवाई कार्यक्रममा यस्ता अनुदान कार्यक्रम सन्चालन गर्दा सवै नगरपालीका गाउपालीका वडाहरुमा लागु गर्नु पर्ने आवस्यक्ता रहेको नेकपा एमालेका जिल्ला कमिटिका सदस्य लंक बहादुर रोकायाले बताउनु भएको थियो । अनुदान कार्यक्रम छनौट गर्दा जिल्ला का सम्पुर्ण निकार्यका व्यक्तीहरुलाई जानकारी हुनु पर्ने नागरिक समाज डोल्पाका अध्यक्ष सेर बहादुर बुढाले बताउनु भयो यस्ता अनुदानका कार्यक्रम उपल्लो डोल्पामा पनी सन्चालन गर्नु पर्ने आवशेक्ता रहेको अध्यक्ष बुढाको भनाई थियो । त्यस्तै डोल्पामा सन्चालन भएका कृर्षि खाधा सुरक्षा आयोजनाका कार्यक्रमहरु समुहको मात्र भर नपरेर सम्वन्धीत कार्यलयले पनी कस्ता किसिमका समान खरिद गर्ने भन्ने बिषयमा निग्रानी राख्नु पर्नेमा जोड दिनु भएको थियो ।
उक्त सार्वजानिक सुनुवाई कार्यक्रम स्थानिय विकास अधिकारी तथा जिल्ला समन्वय समितिका सचिव सागर मिश्रको अध्यक्षतामा सन्चालन भएको थियो भने जिल्लाका विभिन्न राजनितिक दलका प्रतिनिधि प्रहरी निरिक्षक पवेन्द्र बम नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा ,डोल्पा उधोग बाणिज्य सघँ का अध्यक्ष लालिमान बुढा विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो । डोल्पामा विभिन्न क्षेत्रमा पहिलेको भन्दा पनी हरेक क्षेत्रमा केहि सुधार भएको धेरै जस्तो डोल्पालीले डोल्पालीलाई ठग्ने प्रबृति भएको जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बताउनु भयो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





