समाचार तथा गतिविधि
दुनै खानेपानीका लागि धमाधम काम हुदै
रेडियो डोल्पा एफ.एम.
डोल्पा, ११ असार –
वर्षेनी खानेपानीले सताउदै आएको डोल्पाको सदरमुकाम दुनैलाई खानेपानी समस्या समाधान गर्ने उद्देश्यले पाल्चा खानेपानी योजनामा धमाधम काम भईरहेको छ ।
खानेपानी उपभोक्ता २ सय भन्दा धेरै रहेको डोल्पा सदरमुकाम दुनै बजारका लागि निर्माण गर्न लागिएको पाल्चा खानेपानी आयोजनाका लागि पाल्चाको कांक्रीझार भन्ने ठाउंमा इन्टेक बनाइ खोलाको छेउछेउ पाखाबाट भेरी नदिको किनारमा रहेको पाल्चा दोबाटो सम्म ल्याई त्यहांबाट बाटोको छेवैछेउ ल्याएर दुनै बजारमा खानेपानी वितरण गर्ने लक्ष्या लिएर योजना निर्माण कार्य भैरहेको दुनै खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कोषाध्यक्ष दलबहादुर थापाले बताए । उनका अनुसार यस योजनाका लागि नेपाल सरकारले २६ लाख बजेट छुट्याएको छ । काम धमाधम भैरहेको छ ।
जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय डोल्पाको वृहद दुनै खानेपानी आयोजना कामकोट सफल नभए पछि यो पाल्चाबाट खानेपानी ल्याउन लागिएको उक्त सवडिभिजन कार्यालयका प्रमुख उमेश झा बताउछन् । उनका अनुसार काम गर्ने जिम्मा सबै खानेपानी उपभोक्ता समितिलाई छ । सवडिभिजन कार्यालयले आर्थिक र प्राविधिक सहयोग गरेको मात्र हो ।
पाल्चा खोलाको कांक्रीझार भन्ने खोलामा मुहानको इन्टेक बनाएर पाल्चा दोबाटोसम्म ल्याउन दुनै बजारमा वितरण गर्नका लागि डोल्पो क्यम्पस नजिक ट्याङ्की बनाईएको र उक्त ट्रयाङ्की रहेको स्थानको उचाई २ हजार १ सय ५१ मिटर भन्दा १ सय मिटर उचाईसम्म ल्याउन सिधै ओरालो झार्दा ३ वटा बिपिटी ट्रयाङ्की बनाउनु पर्ने छ ।
दुनै बजारका लागि पानी ल्याउन इन्टेक बनाउन लागिएको पाल्चा खोलाको कांक्रीझार २ हजार ६ सयको उचाईमा रहेको र त्यहांबाट सिधै ओरालो २ हजार ३ सयमा झार्नु पर्ने र त्यहांबाट बाटोको घारीघारी पाइप बिच्छ्याएर दुनै बजारसम्म पानी ल्याएर बजारबासीलाई पानी खुवाउने उद्देश्य राखिएको दुनै खानेपानी उपभोक्ता समितिका अध्यक्ष बबीकिशोर गुरुङले बताए ।
मुहानदेखि दुनै बजारसम्म पानी ल्याउन ४ किलोमिटर रहेको जिपिएसले देखाए पनि यथार्थमा पाइप गाढ्दा ४ किलोमिटर ५ सय मिटर नयां लाइन र २ किलोमिटर पुरानो लाइनमै जडान गरिने दुनै खानेपानी उपभोक्ता समितिले जनाएको छ । पाइपलाइन खन्ने ठाउं भिरालो जमिन मात्र होइन भिरालो र त्यसमा कडा चट्टान रहेकाले पाइपलाईन खनेर पाइप गाड्न धेरै कठिन रहेको छ ।
पाल्चाखोलाबाट ल्याउन लागिएको दुनै खानेपानी योजना स्किम २ को काम हालसम्म मुहानबाट पाइपलाईन खनेर पाइप गाढ्न सुरु भइ १ किलोमिटर भन्दा बढि पाइपलाईन खनेर पाइप गाडिसकिएको र बांकी काम पनि धमाधम भैरहेको अध्यक्ष गुरुङले जनाए । यो महिना भित्र पाइपलाईन गाढेर, इन्टेक निर्माण, बिपिटी निर्माण र चेम्बर समेत निर्माण गरेर यस योजनाबाट असार मसान्त भित्र दुनै बजारका उपभोक्ताहरुलाई खानेपानी वितरण गर्ने उद्देश्य राखिएको बताइएको छ ।
पाल्चाखोलाबाट ल्याइएको पानी दुनै दारिमबारी स्थित डोल्पो क्याम्पसको प्राङ्गणमा रहेको पानी ट्रयाङ्कीमा पानी खसालेर त्यसबाट दुनै बजारको तल्लो बजार, भेरीनदिदेखि पारि बजार, अस्पताल टोल लगायतका ठाउंमा वितरण गरिने र केही वर्ष अघि बनाइएको भएपनि उकालो पानी लिनु पर्ने भएकाले र पाइप राम्रोसंग नजोडिएकाले होला पाइप ठाउंठाउंमा फटेर असफल भएको कामकोट योजनालाई मर्मत गरी दुनैको माथिल्लो बजार, मेहलसेरा र उपल्लोदुनै बजारमा वितरण गर्ने योजना रहेको उक्त दुनै खानेपानी उपभोक्ता समितिका सचिव शाहीले बताए ।
जति कुरा गर्दा सजिलो छ काम गर्दा भने त्यति सजिलो नभई धेरै कठिनाई रहेको छ । उपभोक्ताहरुले भने हाल निर्माण गर्न लागिएको पाल्चाखोला खानेपानी आयोजना सम्पन्न भएर दुनैमा खानेपानी वितरण भई खान नपाएसम्म पूर्णरुपमा विस्वस्त हुन नसकिने बताएका छन् ।
उनीहरुको तर्क छ । पाल्चाखोलाबाट पानी ल्याउने पाइप गाड्ने ठाउं पनि कठिन र भिरालो हुनुका साथै टाढा अनि मुहान नजिक हात्तै ओरालो र रिजर्व ट्रयाङ्कीमा पानी पुग्ने बेला पनि उकालो भएकाले कामकोट खानेपानीको जस्तै राज्यको बजेट मात्र बग्ने हो की भन्ने आशंका उपाभोक्ताहरुको छ ।
किनकी कामकोट खानेपानी आयोजना काम भएर रिजर्ब ट्रयाङ्कीमा पानी भर्दा बिचमा पाइप पटक पटक फुटेर दुनै बजारबासीहरुले पानी खानेबेला असफल भएको थियो । यो पनी त्यही नियति त हुने होइन भन्ने आशंका बढेको स्थानीय धनराम बुढाले बताए । नत्र काम त हुन्छ । प्राविधिक रुपमा पाइप लाइन लामो र टाढा हुंदा र पानी ओरालो झारेर रिजर्ब ट्याङ्कीमा भर्दा उकालो चढाउनु पर्ने भएकाले पनि यस्तो समस्या बढेको हो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





