समाचार तथा गतिविधि
पाटनबाट यार्चा संकलक फर्कन थाले
रेडियो डोल्पा एफ.एम.
डोल्पा, असार २ –
दिनौ लगाएर यार्चाकुन्भु संकलन गर्नका लागि डोल्पाका विभिन्न उच्च पाटन पुगेका यार्चा संकलकहरु धमाधम घर फर्कन थालेका छन् ।
यार्चाकुन्भु टिप्न शे फोक्सुण्डो गाउंपालिकाको पाटन सागर पुगेका सर्मीका भिम रोकाया सहितको टोली फर्केर घरतर्फ लागेको छ । उनले पाटनमा १५ दिन भन्दा बढि विताए पनि यार्चा थोरै भेटेको बताए ।
यतिबेला पाटनबाट फर्कनेको लर्को बढेको छ । पाटनमै बस्नेहरुको संख्या घट्दै गएको छ । घर फर्कने संकलकहरुको संख्या दिनानुदिन बढ्दै गएको जिल्ला वन कार्यालय डोल्पाका सिनियर वन पाले दिपक खत्रीले बताए ।
पाटन गएका यार्चा संकलकहरु पाटनबाट फर्कने क्रममा दैनिक हजार कट्न थालेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले पाटन जानेहरुको पनि विवरण राखेको थियो । चालीस हजारभन्दा बढिको संख्यामा डोल्पाका पाटनमा पसेका यार्चा संकलकहरु फर्कन थाले पछि बजारमा व्यापार पनि केही बढेको डोल्पाको सदरमुकाम दुनैमा व्यापार गरी बस्ने नारायण अधिकारीले बताए । उनले थपे अझै पाटनबाट मान्छे फर्केका छैनन् ।
फर्कनेहरुले पाटनमा यार्चा त्यति नपाइएको जनाएका छन् । यसले यार्चाको उत्पादन कम हुंदै गएको हो की भन्ने आशंका बढेको छ । यार्चाकुन्भु कम पाइएकैले होला यो वर्ष बजारमा यार्चा कमै आएको लिलराज रोकायाले बताए । उनले थपे मोल पनि प्रतिकिलोग्राम १५ लाखको हाराहारीमा किनबेच भएको छ । बजारमा सोचेजति यार्चा नआएको कारण पनि मोलमोलाई हुन नसकेको व्यापारिहरुको भनाई रहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





