clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
कृषि तथा खाध सुरक्षा कार्यक्रम सुरु
रुपलाल वोहोरा
रेडियो डोल्पा एफ. एम.
डोल्पा, असार ९ –
 
   कृषि तथा खाधा सुरक्षा कार्यक्रम डोल्पा जिल्लामा हाल सम्मा १० गाविसमा लागु भएको छ । यस कार्यक्रमले जिल्लाका पहिलो चरणमा दुनै र जुफाल दोस्रो चरणमा माझफाल ,लिकु नर्कु र काईगाउमा र तेसा्रे चरणमा फोक्सुन्डो त्रिपुराकोट र ल्हा गरि १० गाविसमा लागु भएको छ । यस कार्यक्रमको उदेश्य भनेको विभिन्न गाउघरमा कृषी तथा खाध्य सुरक्षामा सुधार ल्याउनको लागी जिल्ला कृषि विकास कार्यलय जिल्ला पसु सेवा कार्यलय र जिल्ला स्वस्थ कार्यलयसग सहकार्यमा र डोल्पा बाताबरण तथा सास्कृतिक बिकास यात्रा डिकेड डोल्पाको सामाजीक परिचालनमा सन्चालन हुदै आएको छ । 
यस कार्यक्रम अन्तरगत आमा समुह कृषक समुह ,पसुपालन समुह गठन गर्ने र साना अनुदानका कार्यक्रमहरु सन्चालन भईरहेका छन । कार्यक्रम लागु भएका १० वटा गाविसमा यस बर्ष कृषि बिकास कार्यलय अन्तरगत २५ वटा ,जिल्ला पसु सेवा कार्यलय अन्तरगत २५ वटा र स्वस्थ कार्यलय अन्तरगत २० वटा साना अनुदान कार्यक्रम रहेका छन । आर्थिक बर्षको अन्तीम समय नजिकिदै गर्दा यी साना अनुदान कार्यक्रम कति निमार्ण भए कति निर्माणधीन छन भन्ने विवरण आर्थिक बर्ष सकिए पछी सबै जानकारी दिने डिकेड डोल्पाले जानकारी दिएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्