समाचार तथा गतिविधि
भेरी नदिमा डुबेर एक युवकको मृत्यु
रेडियो डोल्पा एफ.एम.
डोल्पा(दुनै), ३० जेठ –
दुनै बजार नजिक लामालोटे भन्ने ठाउंमा भेरी नदिको घुमाउरो दहमा पौडी खेल्दा डुबेर रोल्पाबाट काम गर्न डोल्पा आएका एक युवकको मृत्यु भएको छ ।
साथीसंगै भेरी नदिको लामालोटे भन्ने ठाउंमा रहेको दहमा पौडिखेल्ने क्रममा डुबेर रोल्पा थवाङ ७ का १९ वर्षिय समज गुरुङको मंगलवार विहान साढे १२ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
मंगलवार विहान लामालोटेको घुमाउरो दहमा अरु २ जना साथिहरु संगै पौडि खेल्न नदिमा पसेका युवक गुरुङ दहबाट बाहिर नआएकाले उनका साथिहरुले साढे ११ बजेतिर प्रहरीलाई उद्धारको लागि खबर गरे पछि तत्काल खोजि कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
एक युवक डुवेको र त्यसको खोजि गर्न प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यबाट खबर पाएपछि खोजिमा खटेको नेपाली सेनाको कालिदत्त गुल्म सुलिगाडको टोलीले सुलिगाड ब्यारेर नजिकको दहबाट युवक गुरुङको उद्धार गरेर तत्काल जिल्ला अस्पताल डोल्पामा पठाइएको कालिदत्त गुल्म सुलिगाडका सहसेनानी प्रदिपध्वज बुढाथोकीले बताउनु भयो ।
उद्धार पछि तत्काल जिल्ला अस्पताल डोल्पामा पुर्याइएको भए पनि युवकको मृत्यु भैसकेको जिल्ला अस्पताल डोल्पाले जनाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । मृतकको लाश जिल्ला अस्पताल डोल्पाको मुर्दा घरमा राखिएको र बुधवार आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी सहायक निरिक्षक राधेश्याम अधिकारीले जानकारी दिनुभयो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





