clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डाक्टर नहुँदा पोष्टमार्टम भएन

   ल्हाँ गाविस भएर डोल्पाबाट रुकुम जाजरकोट तर्फ जाने मूल बाटोबाट बुधवार लडेर १ सय मिटर भन्दा तल खसी मृत्यु भएको भनिएका माझफाल ८ का धिरज विटालुको लास डाक्टर नहुँदा तीन दिनदेखि पोष्टमार्टम हुन नसकेको हो ।
   खच्चर धनी यज्ञ बुढा र मृतकका आफन्तहरुको सहयोगमा विटालुको लास बिहिवार नै जिल्ला अस्पताल डोल्पा ल्याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । यो अस्पताल तीन महिना अघिदेखि डाक्टर विहिन छ । पोष्टमार्टम गर्ने समस्या पर्दा पो थाहा भयो त अन्य रोग तथा स्वास्थ्य समस्यामा डोल्पालीहरुले कति दुःख भोगिरहेका छन् यसैबाट पनि थाहा हुने एक कर्मचारीले बताए ।
   मृतक विटालु यज्ञ बुढाका खच्चर गोठालो काम गर्थे । उनी खच्चर लगेर सामान ल्याउनका लागि रुकुमको राडिज्यूला तर्फ जाँदै थिए । उनको डोल्पाकै ल्हाँ गाविसको चिप्ले भिरको बोटोबाट करिव १ सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा लास भेटिएको प्रहरीले जनाएको छ ।
   सरुवा भइ आएका डाक्टर खगेन्द्रजंग शाह हाजिर भएको ३ दिनमै आफू जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हुन नपाउने जस्तो मानेर फर्केर गएका थिए । डा. शाह आफू भन्दा जेष्ठ जनस्वास्थ्य अधिकृत रामजी वानियाँलाई स्वास्थ्य सेवा विभागले सरुवा गरी डोल्पा पठाएको जानकारी पाए पछि उनी फर्केर गएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका निमित्त कार्यालय प्रमुख रणलाल कुलाले बताउनु भयो । उहाँका अनुसार जिल्ला स्वास्थ्य कार्यालय डोल्पामा यस अघिका वर्षहरुमा सधै डाक्टर नै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएको इतिहाँस छ ।
   पोष्टमार्टमका लागि अस्पतालमा लास आए पछि डा.खगेन्द्रलाई खबर गर्दा आफू सरुवाको प्रयासमा रहेकोले आफू पोष्टमार्टमका लागि पनि डोल्पा नआउने फोनमा बताएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख रणलाल कुलालले बताउनु भयो । स्वास्थ्य सेवा विभागमा खबर भैराखेको र विभागले डाक्टरको व्यवस्था गरेर पठाउने बताउदै कहिले पठाउछ त्यो भने आफूलाई जानकारी नभएको निमित्त कार्यालय प्रमुख कुलालले बताउनु भयो । उता जिल्ला अस्पताल डोल्पाकी निमित्त मेडिकल सुपरिटेन्डेन सम्झना बुढाथोकीले भने डाक्टर आउने नआउने कुरा आफूलाई कुनै थाहा नभएको बताउनु भयो ।
   उहाँले यो पोष्टमार्टमको कुरा मात्र होइन जिल्ला अस्पतालमा डाक्टर मात्र होइन अन्य तल्ला स्वास्थ्यकर्मीहरु समेत नभएर नियमित उपचार कार्यमा समेत समस्या रहेको बताउनु भयो । यहाँ डाक्टर मात्र होइन स्थायी अन्य स्वास्थ्यकर्मीहरु पनि लामो समयदेखि अनुपस्थित छन् । जसले विरामीहरुको उपचार र अन्य प्रशासनिक काममा समेत समस्या पर्दै आएको छ ।   
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्