clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
अज्ञात रोगले ३ को मृत्यु
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै), ३० जेठ – 
 
   गए एक हप्तादेखि मुड्केचुला गाउंपालिकाको सुर र नर्कुमा अज्ञात रोग फैलिएर महामारीको रुप लिंदा ३ जनाको मृत्यु भैसकेको छ । 
   यही हप्ताभित्र फैलिएको टाउको दुख्ने, नाकबाट सिगान र रगत आउने, ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, छाती दुख्ने लक्षण भएको अज्ञात रोग फैलिएर महामारीको रुप लिएको छ । उक्त रोगले मुड्केचुला ६ सुरकी ७ वर्षीया बालिका पुजा शाही, ६० वर्षिय लालबहादुर बुढा र ६९ वर्षीय लक्ष्मी बुढाको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका महामारी नियन्त्रण शाखाका सम्पर्क व्यक्ति रनलाल कुलालले बताउनु भयो । 
   उहांका अनुसार नर्कु र सुर गाउंमा १ सय २ जना सिकिस्त विरामी परेका छन् । बांकी खोक्ने, जीउ दुख्ने, ज्वरो आउने विरामी अझै धेरै रहेको अनुमान गरिएको छ । इल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले घरदैलोमै गएर उपचार गरिरहेका छन् । ओषधिको अभाव हुन थालेकाले औषधि पठाउने तयारी पनि भैरहेको छ । 
   रोगले अझै भयानक रुप नलेओस भनेर वरपरको गाउंका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई सजक गराइएको र सबैलाई महामारी नियन्त्रणका लागि परिचालन गरिसकिएको पनि जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका कुलालले जानकारी दिनुभयो । रोग सर्मी, ओक्ट, होर्त, कालिका लगायतका गाउंमा पनि फैलिएको जानकारी प्रँप्त भएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्