समाचार तथा गतिविधि
आउने असार १ गतेबाट विमानस्थल कालो पत्रे सुरु हुने
रेडियो डोल्पा एफ.एम.
डोल्पा, २८ जेठ –
डोल्पाको पहिलो विमानस्थल जुफाल विमानस्थलको धावन मार्ग आगामी असार १ गतेदेखि कालोपत्रे गरिने भएको छ । कालोपत्रे गर्न सुरु भए पछि हवाई उडान बन्द गरिने भएको छ ।
भरखरै प्राप्त जानकारी अनुसार प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको प्रयासमा आइतवार सर्वपक्षिय बैठक बसेर आगामी असार १ गतेदेखि जुफाल विमानस्थल कालोपत्रे गर्नका लागि सम्पूर्ण हवाई उडान पनि असार १ गतेदेखि नै कालोपत्रे गर्ने कार्य सुरु गर्ने पनि निर्णय गरिएको नागरिक उड्यायन प्राधिकरणका जुफाल विमानस्थल निर्माणका आयोजना प्रमुख वीरप्रसाद शाहीले बताउनु भयो ।
उहांका अनुसार निर्माण तथा कालोपत्रे गर्नका लागि सबै सामाग्री जम्मा भैसकेको र आगामी असार १ गतेदेखि तिब्र गतिमा काम सुरु गर्ने निर्णय भएको छ । कालोपत्रे गर्ने कार्य १ महिना देखि ४५ दिनसम्म लाग्ने अनुमान रहेको गरिएको जुफाल कालोपत्रे आयोजनाका आयोजना प्रमुख शाहीले जानकारी दिनु भयो ।
यो विमानस्थल कालोपत्रे भयो भने यस विमानस्थलमा सिता लागयतका अरु हवाई जहाजहरुले उडान भर्ने भएकाले यात्रुहरुलाई टिकट पाउने समस्या नपर्ने आशा राखिएको छ । हालसम्म कच्चि धावनमार्ग भएका कारण तारा लगायतका सिमित जहाजहरुले मात्र उडान भर्ने गरेका छन् ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





