समाचार तथा गतिविधि
सरसफाई सप्ताह विविध कार्यक्रमका साथ समापन
रेडियो डोल्पा एफ.एम.
डोल्पा, २८ जेठ –
विश्व वातावरण दिवसको अवसरमा यही जेठ २२ गतेदेखि २८ सम्म विविध कार्यक्रमका साथ मनाइएको छ । सरसफाई सप्ताहका अवसरमा प्रभातफेरी, र्याली, भेरी तथा गाउं नगर सरसफाई गरेर, वृक्षा रोपन गरेर, शौचालयहरु अनुगमन गरेर सप्ताह समाप्त गरिएको छ ।
सरसफाई सप्ताहको अन्तीम दिन आइतवार प्रमुख जिल्ला अधिकारी केशबराज आर्चाय को नेतृत्वमा नेपाली सेना, ससस्त्र प्रहरि, नेपाल प्रहरी, म्यदी प्रहरी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यलयका प्रतिनिधिहरुको सहभागीतामा दुनै भेरी नदिको फोहोर सफाई गरिएको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति डोल्पाले जनाएको छ ।
सरसफाईको क्रममा डोल्पा जिल्ला सदरमुकाम दुनै बजारमा भेरिका किनारमा ट्वाईलेटका पाईपहरु मिसाईएको भेटीएको छ । दुनै बजार स्थीत भेरिमा मिसाईएका ट्वाईलेटका पाई ,भेरिका किनारामा बनाएका सेप्टी ट्याकीँहरु १५ दिन भित्र नहटाईए भेरिका किनाराका सरकारी जमिनमा रहेका ट्वाईलेट,घुम्ती ,घरहरु सरकारी नियम कानुनअनुसार भत्काईले प्रमुख जिल्ला अधिकारी केशव राज आचार्यले बताउनुभएको छ । सरसफाई सम्वन्धीका विभिन्न निकायहरुले बेलाबेलामा सुचना प्रसारण गर्दा जानकारी दिदा पनी अटेर गरेर भेरिको किनारामा ट्वाइलेटका ढलहरु मिसाईएको र अवको १५ दिन भित्र अटेर गरेमा कानुनीकारबाही गरिने जिल्ला खानेपनी सरसफाई तथा स्वच्छता समन्वय समिति डोल्पाले जनाएको छ ।
विश्व वाताबरण दिवसको अवसरमा जिल्लाका विभिन्न सरोकारवाला निकाय तथा व्यक्तीहरुले यहि जेष्ठ २२ गते देखि आज २८ गते सम्मा विभिन्न स्थानमा सरसफाईको अनुगमन तथा बृक्षा रोपन गरि राष्ट्यि सरसफाई साप्ताहा मनाईएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





