समाचार तथा गतिविधि
यो आर्थिक वर्षको हालसम्म जडिबुटीबाट करोड आम्दानी
रेडियो डोल्पा एफ.एम.
डोल्पा, २८ जेठ –
जडिबुटीको भण्डार मानिने डोल्पाबाट यो आर्थिक वर्षको हालसम्म जिल्ला वन कार्यालय अन्तर्गत ४५ लाख ९५ हजार राजश्व संकलन भएको छ भने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट ५० लाख राजश्व जडिबुटीबाट उठेको छ ।
जिल्ला वन कार्यालय डोल्पाबाट यो आर्थिक वर्ष सुरुदेखि जेठ २३ गतेसम्म विभिन्न जडिबुटीहरुबाट राजश्व ४६ खाल उठेको छ भने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट यो आर्थिक वर्षको जेठ २३ गतेसम्म ५० लाख राजश्व उठेको जनाइएको छ । जिल्ला वन कार्यालय र निकुञ्जले जडिबुटीबाट राजश्व उठ्ने कार्य जारी रहेको जनाएका छन् । उनीहरुका अनुसार यार्चाकुन्भुको समय भरखर सुरु भएकाले र सबै क्षेत्रबाट पुरै विवरण प्राप्त भै नसकेकाले राजश्वको पुरा जानकारी प्राप्त नभएको जिल्ला वन कार्यालय र राष्ट्रिय निकुञ्जले बताएका छन् ।
जिल्ला वन कार्यालय डोल्पा अन्तर्गत यार्चाकुन्भुबाट ३२ लाख ८० हजार, जटामसीबाट ८ लाख, सुगन्धवालबाट ६७ हजार, विष जराबाट १७ हजार ५ सय, अतिसबाट ८ हजार ८ सय, पदमचालबाट ५३ हजार, डालेचुकबाट २ सय ५०, कुटकीबाट ८३ हजार ७ सय, चिराइतोबाट ५ हजार २ सय, बोजोबाट २ हजार ५ सय, कालादानाबाट १ हजार २ सय, वन लसुनबाट १४ हजार ४ सय, सिलाजितबाट ९० हजार, गुच्ची च्याउबाट ४५ हजार, पासन वेदबाट १ लाख १० हजार र अरु विभिन्न जडिबुटीहरुबाट समेत गरेर जम्मा ४५ खाल ९५ हजार आम्दानी भएको जिल्ला वन कार्यालय डोल्पाका दिपक खत्रीले बताए ।
त्यसै गरी शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाड डोल्पा अन्तर्गत यो आर्थिक वर्ष भित्र यार्चाकुन्भु संकलन गर्न जाने संकलकहरुलाई प्रवेश पत्र दिए वापतको शुल्क ३९ लाख ३६ हजार १ सय र यार्चाकुन्भुको छुट पुर्जी वापतको राजश्व १० लाख २ हजार ५ सय गरी जम्मा ४९ लाख ३८ हजार ६ सय राजश्व उठेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
जिल्ला वन कार्यालय डोल्पा र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पा दुबैबाट गरेर विभिन्न जडिबुटीको राजश्व यो आर्थिक वर्ष हालसम्म धेरै सन्तोषजनक नभएको जिल्ला वन कार्यालय डोल्पाले जनाएको छ । उसका अनुसार यो वर्ष यार्चाकुन्भु खरिद तथा विक्रिका लागि संकलन र छुटपुर्जीका लागि निवेदन समेत कम परेका छन् । निकुञ्ज भित्र पनि सबै ठाउंबाट काटिएका प्रवेश पत्रको शुल्क र विवरण पुरै प्राप्त नभएकाले एकिन तथ्याङक आउन समय लाग्ने छ । यो वर्ष पनि यार्चाकुन्भु संकलन गर्न आउनेहरुको संख्या घटेको अनुमान गरिएको छ । यसले पनि राजश्व संकलनमा कमि आउने अनुमान निकुञ्जले गरेको छ ।
यो वर्ष पाटनहरुमा यार्चाकुन्भु संकलनका लागि प्रवेश गर्ने संकलकहरुको संख्या एकिन हुन सकेको छैन । जिल्ला वन कार्यालय तथा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट संकलन पुर्जी ६५ किलोग्रामको गएको भए पनि त्यसमा हालसम्म २५ किलोग्रामको मात्र छुटपुर्जी जारी गरिएको छ । संकलन पुर्जी र छुटपुर्जी लिन आउने क्रम बढेको जिल्ला वन कार्यालय डोल्पाका दीपक खत्रीले बताए ।
संकलन गर्न शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्रका पाटनमा जाने यार्चाकुन्भु संकलकहरुलाई प्रवेशपत्र शुल्क वापत उठ्ने रकम सबै ठाउंको विवरण प्राप्त नभएकाले एकिन भन्न नसकिएको निकुञ्जले बताएको छ । निकुञ्जका अनुसार तोइजम, धो, रिग्म, साल्दाङ, डोल्फु, भिजेर लगायतको कति प्रवेश गरे र कति राजश्व उठ्यो पुरा विवरण आउन बांकी रहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





