clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
थप साढे ४ किलोमिटर मोटरबाटो सम्पन्न छिट्टै जीप चल्ने
रेडियो डोल्पा एफ.एम.
  डोल्पा, २७ जेठ – 
 
   आन्तरिक रुपमा भए पनि संचालनमा रहेको जीप यातायातले केही दिनमा थप साढे ४ किलोमिटर विस्तार पाउने भएको छ । किनभने सांसद क्षेत्र विकास कोषबाट माननिय धनबहादुर बुढाले बजेट व्यवस्था गरी भित्तिदेखि सुंपानीसम्मको बाटोको ट्रयाक खोल्ने काम पुरा भएको छ । 
   ठुली भेरी नगरपालिकाको भित्तिदेखि त्रिपुरासुन्दरी नगरपालिकाको सुंपानीसम्मको मोटरबाटो लामो समयदेखि अलपत्र परेको अवस्थालाई अन्त गर्दै डोल्पाका एक मात्र माननिय सांसद धनबहादुर बुढाले सांसद क्षेत्र विकास कोषको ५० लाख बजेटबाट यो बाटोको ठाउंठाउंमा रहेको भिर र ट्रयाक खुल्न नसकेका ठाउंहरुमा डोजर लगाएर पुरै ट्रयाक खोल्ने काम पुरा सम्पन्न भएको छ । ट्रयाक खुलेको यो मोटरबाटोमा केही दिनमै जीप सेवा संचालनमा ल्याउने तयारी भैरहेको जिल्ला समन्वय समिति डोल्पाका सचिव तथा स्थानीय विकास अधिकारी सागर मिश्रले बताए । 
   उनका अनुसार भित्तिमा सदरमुकाम दुनैदेखि पूर्वतर्फ ८ किलोमिटरसम्म ड्रिल्पले ट्रयाक खोलेको मोटरबाटोमा यस अघि नै जीप चलिसकेको छ भने सदरमुकाम दुनैबाट पश्चिम तर्फ जाजरकोट डोल्पा मोटरबाटो खण्डमा पर्ने भित्तिदेखि सुंपानीसम्मको साढे ४ किलोमिटर मोटरबाटो सांसद विकास कोषबाट ट्रयाक खोलिएको हो । यसले सदरमुकाम दुनै आवजजावत गर्ने सबैलाई सुविधा हुने छ भने दैनिक उपभोग्य सामानहरु ढुवानीमा समेत सजिलो हुने भाएकाले सर्वसाधारणहरुको जीवनस्तर उकास्न मद्दत पुग्ने आशा जिल्ला समन्वय समिति डोल्पाले जनाएको छ । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्