clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
जैविक विबिधता सँरक्षण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लेख बुढा (रेडियो डोल्पा एफ.एम.)
 डोल्पा, जेष्ठ २५ -
डोल्पा जिल्लाको शेफोक्सुन्दो राष्ट्यि निकुन्ज र जिल्लाका विभिन्न सामुदायीक बनहरु भित्रका जैविक विभिधताको सँरक्षण सँवन्धी त्रिपुरा सुन्दरी नगरपालीकाका प्रमुख ,उपप्रमुख ,नगर सुदस्य ,त्रिपुरा सुन्दरी नगरपालीकाका वडा अध्यक्षहरु,वडा सदस्यहरु र मध्यवर्ती व्यवस्वथापन समिति ,शेफोक्सुन्दो राष्ट्यि निकुन्ज ,नेपाली सेना विच बुधबार अन्तरक्रिया कार्यक्रम शे फोक्सुन्दो राष्टिय निकुन्ज सुलिगार्डमा सन्पन्न भएको छ । डोल्पा जिल्लामा रहेका बहुमुल्य जडीबुटि यार्सागुम्बा ,कटुकि ,जटामसी जस्ता जडिबुटिहरु पहिलेका बर्षहरुमा भन्दा कमहुदै गएको हुदा यसको सँरक्षण हामी सबैले गर्नु पर्ने र विस्तारै डोल्पामा विभिन्न खाले जडिबुटि उधोगहरु सन्चालन हुने त्रिपुरा सुन्दरी नगर पालीकाका मेयर ओम बहादुर बुढाले बताउनु भयो । 
डोल्पा जिल्लाको राष्ट्यि निकुन्ज भित्रका र विभिन्न सामुदायीक बनहरुमा यार्सागुम्बा लगाएत बहुमुल्य जडिबुटि चोरी बढ्दै गएको यसलाई राक्न र डोल्पा जिल्लाा विभिन्न पर्यटकीय स्थलहरुको सँरक्षण र प्रचाप्रसार गर्न नयाँ जनप्रतिनिधि कठिबद्ध भएर लाग्ने त्रिपुरा सुन्दरी नगरपालीका उपमेयर चन्द्रा कुमारी बुढाले बताउनु भयो । डोल्पा जिल्लाको जैविक विभिधता सँरक्षणको लागी २० बर्ष पछी जनताबाट चुनिएर आएका जन प्रतिनिधिहरुले स्थानिय स्तरको राम्रो नियम कानुन बनाउने आसा रहेको मध्यवर्ती क्षेत्र विकास समिति सुलिगार्ड डोल्पाका अध्यक्ष राम प्रसाद महतले बताउनु भयो । 
त्रिपुरा सुन्दरी नगर प्रमुख ,उपप्रमुख ,वडा अध्यक्ष , मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष ,शेफोक्सुन्दो रा,नि अधिकृत नेपाली सेनाको प्रमुख र विभिन्न्न सरोकारवालाहरु विच जैविक विबिधता सँरक्षन र व्यवस्थापन को बारेमा छलफल भएको छ । उक्त कार्यक्रममा त्रिपुरा सुन्दरी  नगरपालीका नगरप्रमुख ओम बहादुर बुढा  उप प्रमुख चन्द्रा कुमारी बुढा नगर सदस्य वडा सदस्य  ,मध्यवर्ती अध्यक्ष रामप्रसाद महत। श्ोफाक्ुन्दो राष्टिय निकुन्ज अधिकृत रामदेव चौधरी नेपाली सेनाका प्रमुख लगाएत विभिन्न सरोकारवाल व्यक्तीहरुको सहभागीता रहेको यूवा सँघ डोल्पाका अध्यक्ष विरेन्द्र बुढाले जानकारि दिनु भयो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्