समाचार तथा गतिविधि
पाटनबाट यार्चाकुन्भु संकलक गाउँ झर्दै
लेख बुढा (रेडियो डोल्पा एफ एम)
डोल्पा, २४ जेठ –
हरेक बर्ष झै यस बर्ष पनि उपल्लो डोल्पाका विभिन्न यार्चा टिप्ने पाटनहरुबाट निरासाको पोको बाकेर सर्वसाधारहरु गाउँघर तिर झर्न थालेका छन । पहिलेको बर्ष भन्दा पनी यस बर्षमा धेरै जसो पाटनहरुमा यार्चकुन्भु कम पाईएको डोल्पाको सदरमुकाम दुनैमा झरेका यार्चा सँकलकहरुले बताएका छन । यस बर्षमा भनेको जति कमाई नभएको र बैशाख महिनामै विभिन लेकहरुबाट पाटनमा प्रबेश गरेको डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालीका वडा नं १० दापुका भिम शाहीले बताउनु भयो । शाही यार्चा टिप्नको लागी तिन दिनको पैदल यात्रा गरेर सागर पाटन पुगेको तर यार्चाकुन्भु नपाए पछी छिट्टै फर्केको बताउनु भयो ।
डोल्पा जिल्ला लगाएत छिमेकि जिल्लाका सर्वधारणहरु बर्षको एक पटक यार्चाकुन्भु टिप्ने र बर्षभरिमा बालबच्चा पढाउने घर खर्च चलाउने गर्दछन । यस बर्ष आधा भन्दा बढी मानिस यार्चाकुन्भु नपाएको भन्दै विभिन्न लेकहरुबाट छिट्टै झर्न थालेका छन ।
यार्चा टिप्नको लागी डोल्पा जिल्लाका स्थानीय बासिन्दा छिमेकी जिल्ला रुकुम ,जाजरकोट , जुम्ला लागाएका अन्य जिल्लाका स्थानीय बासिन्दा गरि हजारौको सँख्यामा शे फोक्सुन्दो राष्ट्यि निकुन्ज भित्रका र सामुदायीक बनहरुमा यहि जेष्ठ ११ गते बन प्रबेश गरेका थिए । डोल्पा जिल्ला लागाएत छिमेकी जिल्लाका स्थानीय बासिन्दाहरु बर्षमा एकपटक यार्चाकुन्भु टिप्ने र त्यसैले घर खर्च चलाउने ,बालबच्चा बढाउने गर्दछन । यार्चाकुन्भुले गर्दा स्थानिय बासिन्दाहरुले स्थानिय खेतिपाती हराउदै गएको मुड्केचुला गाउँपालिका वडा नं ६ का कर्ण बहादुर बुढाले बताउनु भयो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





