clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाको विमानस्थलमा हवाई उडान बन्द

   नेपालको दुर्गम र पछि परेको डोल्पाको जुफाल विमानस्थल निर्माण तथा विस्तार गर्नका लागि नागरिक उड्यायन प्राधिकरणले यस विमानस्थलमा आजबाट हवाई उडानहरु उडान बन्द गरेको नागरिक उड्यायन प्राधिकरणका साइट इन्जिनियर विरप्रसाद शाहीले बताउनु भयो ।
    विमानस्थल विस्तार तथा मर्मत गर्न कालिका र सिद्धिशाही प्रकाश कन्सट्रक्सनलाई ठेक्का दिईएको र काम गर्नका लागि विमानस्थल बन्द गरिएको साइट इन्जिनियर शाहीले बताउनु भएको हो ।
    आजबाट काम सम्पन्न नहुन्जेल सम्पूर्ण हवाई उडान बन्द हुने भएका कारण नेपाल एयरलाइन्स, तारा एयरलाइन्स, गोमा एयरलाइन्स लगायतका एयरलाइन्सहरुले आफ्ना कर्मचारीहरुलाई बिहिवारै नेपालगञ्ज झारिसकेको बताएका छन् ।
   हवाई उडान नहुने भए पछि नेपाल नागरिक उड्यायन प्राधिकरण जुफालका कर्मचारीहरु पनि नेपालगञ्ज झरेका छन् । जसका कारण आजबाट हवाई उडान पूर्ण रुपमा बन्द गरी मर्मत तथा विस्तारको काम सुरु भएको नेपाल नागरिक उड्यायन प्राधिकरणले जनाएको छ ।
   पुस ८ गतेबाट उडान बन्द गर्ने भनिएको भए पनि ठेकेदारले निर्माण सामग्री नल्याएका कारण विमानस्थल विस्तार मर्मत तथा कालोपत्रे गर्ने ठेक्का लिएको कालिका र सिद्धिशाही प्रकाश कन्सट्रक्सनले काम गर्ने जिम्मा दिएका धनबहादुर बुढाले समान ल्याउन भनेर म्याद थप गर्न अनुरोध गरेका थिए । उनको माग बमोजिम नागरिक उड्यायन प्राधिकरणले पुस २० गते आजसम्म निर्माण सामग्री ल्याउने गरी म्याद थपेको थियो ।
   जुफाल विमानस्थललाई १ मिटर खार्ने, धावनमार्ग विस्तार गर्ने र अर्को चरणमा धावनमार्ग कालोपत्रे गर्ने योजना रहेको नागरिक उड्यायन प्राधिकरण डोल्पाले जनाएको छ । मर्मत, विस्तारको काम ३ महिना भित्र सम्पन्न हुने र केही महिना उडान गरेपछि पुनः कालोपत्रे गर्नका लागि हवाई उडान बन्द गरेर कालोपत्रे गरी योजना सम्पन्न गर्ने योजना रहेको साइट इन्जिनियर वीरप्रसाद शाहीले जनाकारी दिनुभयो । जिल्लाको एक मात्र यातायातको साधन बन्द भए पछि हेलिकोप्टरमा यात्रा गर्दा मर्का पर्ने सर्वसाधारणहरुले बताएका छन् । हेलिकोप्टरले प्रतिव्यक्ति १५ हजार लिएर उडान गर्ने भनिए पनि २० हजार लिने गरेको र आयस्रोत कम भएकाहरुका लागि समस्या आकाशको फल बनेको दुनै निवासी लंकबहादुर शाहीले बताउनु भयो ।
   हवाई उडान बन्द भए पछि बिरामी र अर्जेन्ट काम पर्नेहरुका लागि ४ दिन पैदल हिडेर रुकूम जाजरकोटमा पुगि गाडि चढ्नु पर्ने कित महंगो भाडा तिरेर हेलिकोप्टरमा यात्रा गर्नु पर्ने बाध्यता सिर्जना भएको छ ।
   हवाई यातायात बन्द भएको सुने पनि आधिकारिक रुपमा जिल्ला प्रशासन डोल्पालाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनु भयो ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्