समाचार तथा गतिविधि
बाटो माथिको खतरा ढुङ्गा हटाइयो
रेडियो डोल्पा एफ.एम.
डोल्पा, २३ जेठ –
डोल्पाको सदरमुकाम नजिकै लामालोटे भन्ने ठाउंमा बाटोभन्दा माथि भिरमा लड्ला लड्ला जस्तो गरी खतरापूर्ण अवस्थामा रहेको ढुङ्गा हटाइएको छ ।
अत्यन्त भिरालो जमिन र ठाडा भिरपहराको बिचमा नदि रहेको र किनारै किनार बाटो भएकाले त्यसैमा हिड्नु पर्ने बाध्यता रहेको डोल्पाको सदरमुकाम दुनै बजारको ढोका जस्तै रहेको लामालोटेको बाटो माथि भिरमा डरलाग्दो गरी बसेको ठुलो ढुङ्गा नेपाली सेनाको सहयोगमा हटाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
सदरमुकाम आउंदा जांदा र सदरमुकाम बस्ने कर्मचारी लगायत विभिन्न व्यक्तित्वहरु आवत जावत गर्दा माथिबाट लडेर टाउकैमा आएर बज्रेला जस्तो देखिने र सबैलाई त्रास बनेको ठुलो ढुङ्गालाई नेपाली सेनाको कालिदत्त गुल्मा सुलिगाडको एक विशेष टोलीले फुटाएर हटाएको नेपाली सेनाको कालिदत्त गुल्म सुलिगाडले बताएको छ ।
आउंदा जांदा माथिबाट खसेर टाउकैमा अब लाग्यो तब लाग्यो भन्दै ओहोर दोहोर गर्नु पर्ने डर आजबाट हटेको दुनैका स्थानीयले बताएका छन् । नेपाली सेना मार्फत जिल्ला प्रशासन कार्यालय डोल्पाले यो ढुङ्गो हटाउने काम राम्रो गरेको हो । यो ढुङ्गा हटेपछि सबैलाई सुरक्षित महसुस हुनुका साथै त्यहां नेर पुगेपछि लाग्ने डर हटेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





