clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
गाउँले यार्चा टिप्न बाली गोडमेल अलपत्र
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, २२ जेठ – 
 
 
   गाउंका मानिसहरु घरमा ताला लगाएर यार्चाकुन्भु टिप्न पाटन गएकाले गाउं सुनसान मात्र हैन बाली नाली पनि अलपत्र परेका छन् ।
   सक्ने जति सबै परिवार यार्चाकुन्भु टिप्न पाटन तर्फ लागे पछि लगाएको बाली गोडमेल गर्न नपाएकाले पहलै भएको रिमीका जादे ऐडीले बताए । उनले थपे यार्चा पाउनेले त यार्चा बेचेको पैसाले अन्न किनेर खालान नपाउनेको घरमा अन्न बाली झारपातले खाएर बिग्रेको छ । यसले परको खाउंभन्दा वरको गएको गाउंलेलाई थाहै छैन । 
   रिमीका जस्तै मुड्केचुला ८ ओक्टको समस्या पनि त्यही रहेको छ । गाउंका काम गर्न सक्ने सबै पाटनमा गएका छन् । काम गर्न नसक्ने बालबालिका र वयोवृद्धहरु मात्र घरमा छन् । लगाइएका बालीनाली उमे्रर गोडमेल गरेर झार नफाले झारले बाली खाएर बिगार्ने भएकाले गाउंका अधिकांस कृषकहरुको बाली झारले ढाकेको उक्त गाउंका लालबहादुर बुढा बताउछन् । उनी थप्छन् १ सय ५६ जति घर भएको ओक्ट गाउंका केही परिवारहरु पाटनबाट दौडेर आई गोडमेलतिर लागेका छन् भने अझै थुप्रै परिवारको बाली गोडमेलको पर्खाइमा रहेको छ । 
   घरका सक्ने व्यक्तिहरु पाटन गएपछि  घरमा बसेका बालबालिका र वृद्धवृद्धाहरुले पशुबस्तु समेत संहाल्न नसक्दा कतिपय बाली पशुबस्तुले खाएर नष्ट गरेको अवस्था रहेको पाहाडाका विष्णुलाल के सी बताउछन् । बालीनाली, पशुबस्तु मात्र होइन बालबालिका र बृद्धवृद्धा पनि स्याहार नपाएर झन विरामी परेको अवस्था छ । उनीहरुको स्वास्थ्य स्थिति कमजोर मात्र होइन नाजुक बन्दै गएको पत्तो छैन । 
   सबैले वनमा पाइने यार्चाकुन्भुको कमाई मात्र हेरेका छन् । यार्चाकुन्भु टिप्न गएको बेला घरमा हेरचाह नपुगेर भोलीको फाइदा पनि अहिले नै समस्यामा परेको कसैले पनि नबुझेको गोर्खबहादुर बुढाले बताए । उनले अगाडि भने यतिखेर पिडिएका बालबालिका र बुढाबुढीलाई उपचारमा बढी खर्च हुन्छ, पशुबस्तु लोट्ने हराउने, मर्ने हुन्छ र मुख्य कुरा मान्छेको प्राण मानिने अन्नबाली नै बिग्रेर बेसाउनु पर्ने हुन्छ । यस तर्फ कसैको ध्यान गएको छैन । यता तर्फ समयमा सोच्नु जरुरी भैसकेको छ । 
   यसलाई ध्यानपूर्वक लिएर समुदायमा सचेतना फैलाएर परको आश गर्दा वरको नगद धनसम्पत्ति र भविश्य गुमेको कुरा महसुस गराएर घरमा आवश्यक हेरचाह गर्ने बसेर केही मात्र पाटनमा यार्चा टिप्न जाने गरी सबैमा चेतना आउनु आवश्यक देखिएको त्रिपुराकोटका टिकादत्त न्यौपाने बताउछन् । यस तर्फ समयमा सबै सरोकारवालाहरुको ध्यान जानु जरुरी छ ।  
 

 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्