clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
देउवा प्रधानमन्त्रीको उम्मेदवारी दिदै
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, २० जेठ –
 
   प्रधानमन्त्री पदबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत १० गते राजीनामा दिएपछि काम चलाउ बनेको सरकारलाई पूर्णता दिनका लागि आजबाट प्रधानमन्त्रीको चिर्वाचन प्रक्रिया सुरु हुने भएको छ । 
   जस बमोजिम शनिवार विहान ११ बजे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव र समर्थनमा प्रधानमन्त्रीको उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनाएको छ । 
   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने तयारी गरेका बेला प्रमुख प्रतिपक्ष गठबन्धनले एमाले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिद्धन्दी बनाउने तयारी गरेको सुनिएको छ । 
   मतदान भोली आइतवार  गर्ने कार्यसूचि व्यवस्थापिका सांसद सचिवालयले सार्वजनिक गरेको छ । निर्वाचन कार्यसूचि अनुसार आइतवार विहान ११ बजे नयाँ प्रधानमन्त्रीका लागि मतदान गरिने छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्