clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाका विद्यालयहरुका विद्यार्थी पाटनमा शिक्षक घाम ताप्ने
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १९ जेठ – 
 
   यतिखेर डोल्पाका पाटनहरु यार्चाकुन्भु संकलकहरुले खचाखच भरिएका छन् भने विद्यालयहरु सुनसान बनेका छन् । 
   यार्चा टिप्ने मौसम आए लगात्तै डोल्पाका प्रायः सबै विद्यालयहरुमा विद्यार्थी अभाव भएको छ । विद्यार्थीहरु यार्चा टिप्न पाटन तर्फ लागे पछि विद्यालय खुले पनि नखुले पनि सुनसान देखिने गरेको जिल्ला शिक्षा कार्यालय डोल्पाका प्राविधिक सहायक तथा निमित्त जिल्ला शिक्षा अधिकारी धनबहादुर शाहीले बताए । 
   जिल्लाका विद्यालयहरु बन्द नभएको भए पनि विद्यार्थी नआएका कारण पठनपाठन नभएको देखिएको निमित्त जिल्ला शिक्षा अधिकारी शाहीले बताए । उनले थपे शिक्षकहरुलाई दोष छैन । शिक्षकहरुले विदालय खोलेका छन्, विद्यालय जान्छन् तर के गर्ने विद्यार्थी नभए पछि घाम तापेर घर फर्कने गरेको हामी आफैले देखेका छौं । 
   दिनदिनै विद्यालय गएर विद्यार्थी नआएका कारण घाम ताप्दै फर्कदै गरेको आदर्श माध्यमिक विद्यालय जुफालका उच्चमाध्यमिक शिक्षक हस्तबहादुर बुढाले बताए । उनले थपे विद्यार्थी आउंदैनन् । विद्यार्थी नआए पछि हाम्रो काम छैन विद्यालय खोल्यो घाम ताप्यो फक्र्यो यतिमै वितेको छ एक हप्तादेखिको दिनचर्या । डोल्पामा १ सय १५ विद्यालयहरु रहेका छन् । 
   सदरमुकाम दुनै बजारदेखि आधा घण्टा पैदल पूर्व तर्फ रहेको ध्रुवतारा प्राथमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण कार्की विद्यालय नियमित खोले पनि हप्तादेखि विद्यार्थी ५ जना भन्दा बढि कुनै पनि दिन विद्यार्थी नआएको कारण पठनपाठन नभई शिक्षक घाम तापेर फर्कनु पर्ने बाध्यता रहेको बताउछन् । उनी थप्छन् विद्यालय बन्द गरौ जिल्ला शिक्षा कार्यालय किन विद्यालय बन्द गरेको भन्छ नगरौं विद्यार्थीहरु विद्यालयमा नआएर यस्तो हालत छ । 
   वर्ष भरिका लागि खर्च जोहो हुने कमाईका लागि डोल्पाका प्रायः सबै वासिन्दाहरु बालबालिकाहरु समेत लिएर पाटनमा जाने भएका कारण विद्यार्थीहरु नआउने अवस्था धेरै वर्षदेखि परम्परा जस्तै बन्दै आएको छ । सदरमुकाम वरपरका विद्यालयहरु दैनिक खुल्ने गरेका छन् तर विद्यार्थी नआउंदा सुनसान देखिन्छन् भने गाउंघर तथा सदरमुकाम देखि दुरदराजका विद्यालयहरु भने केही दिन शिक्षक गएको भए पनि विद्यार्थी आउन छोडेपछि बन्द जस्तै भएको मुड्केचुला गाउंपालिका १ का लंक रोकायाले बताए । 
   गएको ९ गतेबाट घरबाट हिडेर ११ गतेदेखि पाटनमा पुगेका यार्चाकुन्भु संकलकहरु नफर्केसम्म विद्यालयहरुमा चहलपहल आउने सम्भावना कम रहेको जगबहादुर बुढाले बताए । उनले थपे कसैले नजाउ, जाउ भनेर हुदैन पैसा कमाउने कुरा हो त्यस कारण आफै जान्छन् आफै फर्कन्छन् । 
   यो वर्ष यार्चाकुन्भु त्यति नपाइएको भन्ने हल्ला भए पनि हालसम्म खासै मान्छेहरु फर्केका भने छैनन् । यार्चा नपाइएमा अबको एक हप्ता भित्र विद्यार्थीहरु भने झर्ने र त्यस पछि विद्यालयहरुमा विद्यार्थीहरुको चहलपहल विस्तारै बढ्ने पढाई सुचारु हुने आशा राखिएको सरस्वति माध्यमिक विद्यालय दुनैका शिक्षक गोर्खबहादुर बुढाले बताए । उनका जस्तै राय धेरै शिक्षक, सामाजिक कार्यकर्ता, राजनीतिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, जिल्ला शिक्षा कार्यालय र सर्वसाधारणहरुको रहेको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्