clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
महावीर पुनलाई सरकारले डेढ करोड अनुदान दिने

रेडियो डोल्पा एफ.एम.

डोल्पा,  १८ जेष्ठ -

 

सरकारले तिलगंगा आँखा अस्पताल र महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई क्रमश: १० करोड र डेढ करोड रुपैयाँ अनुदान दिने भएको छ । 

आगामी आर्थिक वर्षको बजेटमा उक्त दुई निकायलाई बजेट दिने व्यवस्था गरी वितरण गर्ने निश्चित भएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । सुचना प्रविधिको विकास अभियानमा लागेका पुनले सरकारबाट सहयोग नभएको भन्दै आफैले प्राप्त गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक बिक्रीमा राखेको घोषणा गरिसकेका छन् । 

तिलगंगास्थीत नेपाल आँखा केन्द्रले सरकारी सहयोग नपाएको गुनासो गर्दै आएको थियो । यि दुवै निकायलाई अनुदानस्वरुपम उक्त रकम दिने भएको मन्त्री जोशीले बताए । 

‘आँखाको लेन्स उत्पादन गरी निर्यात गरेर संसारमा पहिचान कमाउन सफल केन्द्रलाई थप विकास गर्न १० करोड रुपैयाँ सहयोग गर्ने भएका हौ,’ जोशीले बिहिबार पत्रकार सम्मेलनमा भने । उक्त सहयोगपछि उत्पादित आँखाको लेन्स नेपाल भित्र बिक्री गर्दा सहुलियत दरमा आम नागरिकलाई उपलब्ध गराउने र बढी भन्दा बढी देशमा निर्यात गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

आँखा केन्द्रका सञ्चालक डाक्टर सन्दुक रुइत समेत बजेट उपलब्ध गराउने घोषणा कार्यक्रममा सहभागी थिए । उनको योजनामा उत्पादित आँखाको लेन्स हाल विश्वमै गुणस्तरीय उच्च माग भएको उत्पादन हो । 

हाल विश्वका १७ वटा मुलुकमा नेपालमा उत्पादित उक्त लेन्स निर्यात भइरहेको छ । निर्यात भएको उक्त लेन्स करिब ५० भन्दा बढी मुलुकमा वितरण हुने गरेको छ । हाल ५ लाख क्षमताको लेन्स उत्पादन गर्ने केन्द्रले सरकारी सहयोग पछि अब क्षमता विस्तार गरी वार्षिक १५ लाख लेन्स उत्पादन गर्ने जनाइएको छ । ‘मेशिन उपकरण खरिद गर्नका लागि मन्त्रालयले हाललाई १० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो,’ मन्त्री जोशीले भने, ‘सरकारसंग १५ करोड रुपैयाँ माग गरेका थियौ । तर बजेट १० करोडको व्यवस्था भएको छ ।’

उद्योग मन्त्रालयले यो वर्षलाई आँखाको लेन्स उत्पादन वर्षको रुपमा यस अघिनै घोषणा गरिसकेको छ । ‘यसलाई उद्योगकै रुपमा विकास गरि अघि बढाउनु पर्छ,’ जोशीले भने, ‘संसारका लागि यो सफल कथा हो । यसलाई संसारभर उदाहरणीय उत्पादन बनाउन सकिन्छ ।’

गुणस्तरीय र उत्पादन बृद्धि गर्नका लागि सरकारसंग धेरै वर्ष पहिलोदेखि सहयोगको माग गरेपनि बल्ल प्रयास सफल भएको केन्द्रका सञ्चालक डाक्टर रुइतले बताए । ‘यो सहयोगले हामीले अर्को फड्को मार्न टेवा पुग्ने छ,’ उनले भने, ‘गुणस्तरिय र बढी उत्पादन गर्न सकिन्छ ।’ नाफारहित अभियान गरिरहेको रुइतले बताए । ‘आँखाको आधुनिक शल्यक्रियालाई यो लेन्सले हजारौ हैन, लाखौ हैन, करोडौलाई सहयोग पुर्‍याइरहेको छ,’ उनले भने, ‘यसबाट आएको नाफा हामीले सामाजिक क्षेत्रमा काम गरिरहेका छौ ।’

सुचना प्रविधिको क्षेत्रमा कार्यरत पुनको आविष्कार केन्द्रलाई दिने भनिएको डेढ करोड रुपैयाँ अर्को महत्वपूर्ण निर्णय भएको मन्त्री जोशीले बताए । ‘पुनले पाएका मेडल बिक्री गर्नुपरेको खबर पत्रपत्रिकामा पढियो,’ मन्त्री जोशीले भने, ‘म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डाक्टर पुनको आविश्कार केन्द्रसँग पनि उद्योग मन्त्रालयले सहकार्य गर्ने गरी रकम दिने घोषणा गरेका हौ ।’ नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने गरी उक्त रकम दिने भएको जोशीले बताए । 

‘यो रकम वितरणपछि वैज्ञानिकहरुले आविष्कार गरेको धान काट्ने मेशिनको परीक्षण गरी त्यसको व्यवसायीक उत्पादन संभब छ/छैन एकीन गर्ने,’ उनले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको विद्युतीय सवारीको प्रयोगलाई समेत मन्त्रालयले प्रवद्र्धन गर्ने छ ।’ 

आविष्कार केन्द्रको क्षमता विस्तारलाई ध्यानमा राखी १ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराइने भएको उनले बताए । ‘पुनको आविष्कार केन्द्रले नेपालमा अनुसन्धान र विकासको संस्कृति स्थापना गरी समाजको तल्लो तहदेखि माथिल्लो तहसम्म आविष्कारमा आधारित पर्यावरणीय प्रणालीको प्रवद्र्धन गर्ने कार्यमा थप टेवा पुर्‍याउने कुरामा हामी विश्वस्त छौ,’ जोशीले भने । 

सरकारले उक्त दुई निकायलाई बजेट दिने पक्कापक्की भएपनि रकम नै पाउन भने केही समय लाग्ने भएको छ । हाल आगामी वर्षको बजेट व्यवस्थापिका संसदमा पेश भएको तर पास भइनसकेकाले तत्काल उक्त रकम दुई निकायले पाउने छैन । विभिन्न कार्यक्रम र त्यसमाथि हुने सम्झौताका आधारमा उक्त रकम आँखा केन्द्र र आविष्कार केन्द्रले पाउँनेछन् ।-www.ekantipur.com   bata

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्