clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
थप ८ किलोमिटरमा जीप चल्यो
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १८ जेठ – 
 
   हेलिकोप्टरबाट जीप ल्याएर चलि रहेको डोल्पाको आन्तरिक जीप यातायात सेवा थप आठ किलोमिटर विस्तार भएको छ । 
   केही वर्षदेखि आन्तरिक रुपमा विमानस्थल जुफाल देखि सदरमुकाम दुनैसम्म चलिरहेको जीप सेवा थप विस्तार भएको जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी सागर मिश्रले बताए । उनका अनुसार ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम(ड्रिल्प)ले बनाएको दुनैदेखि लावन बगरसम्मको ८ किलोमिटर बाटोमा जीप संचालनमा आएको छ । 
   दुनै ० किलोमिटर देखि ३ किलोमिटर उपल्लोदुनैको जगातमा पुल नभए पनि जीप बोकेर नदि तारी उपल्लोदुनैको शाही होटलदेखि लावन बगरसम्म जीप सञ्चालनमा ल्याइएको जिल्ला समन्वय समिति डोल्पाले जनाएको छ । 
   लावन बगरसम्म जीप सेवा सुरु भए पछि काइके गाउंपालिकाका समुदायहरुलाई प्रत्यक्ष लाभ पुगेको काइके गाउंपालिकाका अध्यक्ष अंगद रानाले बताए । उनका अनुसार आवत जावत गर्न बटुवाहरुलाई हिड्नु पर्ने बाध्यता हटेको मात्र होइन दुनैबाट लावन बगरसम्म ढुवानीमा सुविधा भएकाले दैनिक उपभोग्य सामग्रीमा सुलभता आएको छ । 
   यो बाटोमा जनकबहादुर बुढाले कठिन रुपमा जीप नदि तारेर पारि लगी जीप यातायात सुरु गराए पछि काइके गाउंपालिकाका मात्र नभई माथिल्लो डोल्पा तर्फ जाने स्थानीय, पर्यटकहरु लगायतका सबै बटुवाहरुलाई सुविधा पुगेको जिल्ला समन्वय समिति डोल्पाका सचिव एवम् स्थानीय विकास अधिकारी मिश्रले बताए । 
   ड्रिल्पले दुनैदेखि लैनीसम्म ३० किलोमिटर मोटरबाटो निर्माण भएको भए पनि बाटोले नदि वारिपारि क्रस गरेका कारण जगात, तारा बगर र लसी क्यापमा पुल नभएकाले जीप गुड्न सकेका छैनन् । लावन बगरमा नदि तारेर तारा बगर लिनु पर्ने त्यहांबाट लसिक्यापमा फेरी नदि तारेर वारि ल्याई धो तर्फ उकालो उकालेर बल्ला लैनीसम्म पुग्न सक्छ । 
   तारा बगरदेखि लैनीसम्म करिव २३ किलोमिटर मोटरबाटोको ट्रयाक ओपन भैसकेको छ । यो बाटोका २ ठाउं तारा बगर र लसिक्यापको नदिमा पुल लाग्ने हो भने माथिल्लो डोल्पालाई मोटर यातायातले जोड्ने छ । त्यस पछि माथिल्लो डोल्पाको कठिन जनजीवन केही सहज बन्ने आशाका साथ पहिलो प्राथमिकताका साथ यो बाटोमा ३ वर्ष भित्र दुनैदेखि चीनको सिमाना मरिम्लासम्म मोटर संचालन हुने गरी कामका लागि आवाज उठाउदै आएको डोल्पाबाट निर्वाचित एकमात्र सांसद धनबहादुर बुढाले बताए । 
   सांसद बुढाले थपे दुनैतिरबाट ३० किलोमिटर र मरिम्लातिरबाट ४० किलोमिटर जाति खण्ड ट्रयाक ओपन भैसकेको छ । बांकी ६० किलोमिटर जति आगामि ३ वर्षमा पुरा गर्ने गरी योजना बनाएर सरकारसंग पर्याप्त बजेटका लागि पहल गरिरहेको छ । दुनैबाट लैनीसम्म ड्रिल्पले र मरिम्ला देखि धो लेकसम्म नेपाल सरकारको बजेटबाट निर्माण भैरहेको हो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्