clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाको तल्लो भागमा पौष १५ लाई बिषेस रुपमा मनाए

यसमा डोल्पा जिल्लाको तल्लो भेगमा  पौष महिनाको १५ गतेका दिन मिठो खाने, एक आपसमा आफन्तहरु भेटघाट गर्ने, रमाईलो गर्ने ,र अनिबर्य खसी काटेर मासु खानै पर्ने पहिले देखिको चलन रहदै आएको छ । यदि पौष १५ मा मासु खाएनौ भने सुंगुरको जुनि पाउछ भन्ने पुखौ देखिको भनाइ छ । यसरी  पौष १५ लाई अन्य दिन भन्दा विषेश रमाइलोका साथ सबैले घर–घरमा मासु खादै रमाएको खबर लाल बहादुर बुढाले फोन बाट बताएका छन । साथै कालिका,नर्कु,सर्मि गाविस लगायत तल्लो भेगका केहि गाविसहरुमा पौष १५ गतेकै दिनवाट माघको १ गते सम्म खुल्ला मनाउने प्रचलन पनि रहेको छ । जसमा युवतिहरुले विभिन्न खानेकुराको परिकार बनाइ कार्यक्रमको आयोजना गर्दछन । सोहि कार्यक्रममा युवक लगायत टाढा–टाढा वाट आउने पाहुनाहरु र आफ्ना आफन्तहरुलाई खुवाउने गरिन्छ । यो बिचको अवधिमा डोकोमा घाग्रो लगाएर डाडुको टाउको बनाइ काठको हात बनाउने र कपडा लगाइ त्यसै डोको भित्र युवति पसेर रमनिय नृत्य गर्ने परम्परा परापुर्वकालदेखि चल्दै आएको छ । माघ १ गतेका दिन भने आफ्नो गाउ भन्दा केहि टाढाको स्थानमा गएर खसिको मासु,अण्डा लगायत अन्य विभिन्न मिठा–मिठा परिकार बनाइ बिषेश रुपमा टाढावाट आउने पाहुना लाई सम्मान गर्दै खुवाउने गरिन्छ । साझपख पन्चेवाजासहित २ वटा युवतिलाई बेहुला र बेहुलि बनाइ सोहि खानपिनको आयोजना गरेको स्थलवाट गाउको मुखियाको घरमा ल्याइन्छ र नाचगान गर्दै रमाइलोका साथ मनाउने प्रचलन रहेको छ ।  यसरि बेहुला बेहुलि बनाउने क्रममा एउटै घरका दिदिबहिनी भने बस्न नमिल्ने भएका ले अन्य घरका संग नाता जोड्ने गरिन्छ यसरि नै पौष १५ देखि माघ १ गते सम्मको एक खालको खुल्ला परम्परा पनि आइतबारवाट शुरु भएको छ ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्