नेपाल कै ठुलो र अति दुर्गम मात्र नभएर विकासमा पछाडि परेको जिल्ला डोल्पा त्यसै पछि परेको होइन रहेछ । ती कार्यालयहरुमा काम गर्ने कार्यालय प्रमुख र अन्य कर्मचारीहरुको यस्तै लापरवाहीका कारण जिल्लाको विकास नभएको महसुस भएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।
नागरिक समाज डोल्पाले शुक्रवार गरेको कार्यालय अनुगमनका क्रममा जिल्ला प्रशासन, जिल्ला विकास समितिको कार्यालय डोल्पा, महिला तथा बालबालिका कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय बाहेकका सबै सरकारी कार्यालयहरु कार्यालय प्रमुख विहिन रहेको पाइएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।
नागरिक समाज डोल्पाका अनुसार जिल्लाका अधिकांश सरकारी कार्यालयहरु कार्यालय प्रमुख मात्र होइन अन्य कर्मचारीहरुको पनि न्यून उपस्थिति पाइएको थियो । यो कुरा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङसंग राख्दा प्रजिअ तामाङले कार्यालय प्रमुखहरु धेरै जिल्लामा नआएको बताउनु भयो । आफूले सबै कार्यालयहरुलाई आफ्नो सेवा चुस्तदुरुस्त राख्न निर्देशन दिएको समेत बताए ।
धेरै कार्यालय प्रमुख तथा कर्मचारीहरु दशैको बिदा हुनु अघि पनि केही हप्तै अगाडि हिडेको र हालसम्म पनि नआएकाले जनताको काममा बाधा परेको नेपाली कांग्रेसका सभापति टंकप्रसाद उपाध्यायले बताए । उनका अनुसार गाविसका सचिवहरु पनि जिल्लामा नआएको र जस्ले जनताका विभिन्न काममा समस्या भैरहेको छ ।
Loading...





