समाचार तथा गतिविधि
डोल्पा एतिखेर यार्चाकुन्भुको संकलनमा डुबेको छ
रेडियो डोल्पा एफ.एम.
डोल्पा, १७ जेठ –
डोल्पाका पाटनहरुमा मानौ मानिसहरुको अस्थायी बसोबास नै बसेको छ भने एता गाउंघर पुरै सुनसान बनेका छन् ।
डोल्पाका विभिन्न पाटनहरु साइकुवारी, ओपा, चाहारा, बागडांडा, ठांगे, जगदुल्ला, कागमारा, भान्का, भोक्पा, सागर, छुताङ्, फूलवारी, कुनासा लगायतका विभिन्न पाटनहरुमा यतिखेर यार्चाकुन्भु संकलकहरुको पालहरुले अस्थायी बस्ति नै बसेको छ । यता गाउंघरका धेरै घरमा ताला लागेका छन् भने केही घरहरुमा भने बुढापाका र बालबालिकाहरु मात्र रहेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले बताए ।
डोल्पा जिल्ला भित्रका मानिसहरुलाई नगनेर जिल्ला वाहिरबाट यार्चाकुन्भु टिप्न पाटन जानको लागि मात्र जाजरकोट, रुकुम, जुम्ला, बांके, बर्दिया, सल्यान लगायतका विभिन्न जिल्लाबाट डोल्पा भित्रनेहरु ४३ हजार कटेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताए । उनले थपे हामीले डोल्पा भित्रिने नाका करवगाड, कालिका र काइगाउंमा डोल्पा भित्रनेहरुको विवरण लेखेर राखेका थियौं ।
उता शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र भने प्रवेशपत्र लिनेको संख्या अझै एकिन हुन नसकेको संरक्षण अधिकृत रामदेव चौधरीले बताए । उनका अनुसार सुलिगाड, त्रिपुराकोट, खालिवन र रिग्मबाट पाटन प्रवेश गर्नेहरुको संख्या गत वर्षको भन्दा कम रहेको छ । बांकी तोइजम, पुग्म, धो, भिजेर, डोल्फु, किम्री लागयतका विभिन्न ठाउंबाट प्रवेशपत्र दिएर निकुञ्ज भित्र प्रवेश गराइएको भए पनि एकिन विवरण निकुञ्जको कार्यालयमा प्राप्त भएको छैन ।
यता राष्ट्रिय वन क्षेत्र हेर्ने निकाय जिल्ला वन कार्यालयले यो विवरण नराखेकाले के कति संकलकहरु पाटन प्रवेश गरे भन्ने एकमुष्ठ सबै विवरण छैन । यही कारण पनि राष्ट्रिय निकुञ्ज वाहिरका पाटनहरुमा कति यार्चा संकलकहरु छन् भन्ने कुरा एकिन गर्न नसकिने सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य हंशबहादुर शाहीले बताए ।
यो वर्ष पाटन प्रवेश गर्ने मानिसहरुको संख्या खासै धेरै नभएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत चौधरीको दावि छ । उनका अनुसार सुलिगाड क्षेत्रबाट क वर्गका ९ सय ४४, ख वर्गका १ सय ८२ र ग वर्गका ७ गरी ५० जम्मा १ हजार ९ सय ९५ जना, त्रिपुरोकोटबाट क वर्गका ५ सय ८१, ख वर्गका ८ र ग वर्गका २९ संकलक गरी ६ सय १८ जना, खालिवनबाट क वर्गका ८० र ग वर्गका १९ गरी ९९ जना मात्र र रिग्मबाट क वर्गका मत्र ३२ जना गरी कुल जम्मा २ हजार ६ सय ४४ जना प्रवेश गरेको विवरण निकुञ्ज कार्यालयमा आधिकारिक जानकारी छ । बांकी ठाउंको जानकारी प्राप्त हुन सकेको छैन ।
पाटनमा गई यार्चाकुन्भु संकलन गरेर फर्केका त्रिपुराकोटका मनबहादुर सार्की यो वर्ष छिन छिनमा पानी परेर मौसमले पनि साथ नदिएकाले यार्चा संकलकहरुले खोज्नै पाएका छैनन् । त्यस कारणले पनि होला दिनमा मुस्किलले १०, १५ वटा बुटी मात्र पाइने गरेका छन् ।
निकुञ्ज क्षेत्रमा प्रवेश गरेकाहरुबाट बुधवारसम्म प्रवेशपत्र गरेर त्यसको प्रवेश शुल्क वापत ३५ लाख ११ हजार ६ सय राजश्व संकलन भएको संरक्षण अधिकृत चौधरीले जानकारी दिए । उनका अनुसार प्रवेशपत्र काटिएका अन्य ठाउंबाट कति प्रवेश गरे कति राजश्व उठ्यो भन्ने विस्तृत जानकारी प्राप्त भएको छैन ।
यो वर्ष अलि बढि नै वर्षा भएका कारण हिमपात भएर समस्या पार्ला भन्ने डरले पाटनमा यार्चा टिप्न बासेको ठाउंबाट जान नसक्ने गए पनि छिटै फर्कने गरेकाले पनि यार्चा सोचेजति संकलन हुन नसकेको स्थानीय हरिप्रसाद डांगी बताउछन् ।
थोरै भए पनि संकलन भएको यार्चाकुन्भु हालसम्म कुनै किनमेल भएको छैन । यार्चाकुन्भु संकलनको यति वेला गतवर्षहरुमा व्यापारीहरु आइसकेका हुन्थे र किनमेल पनि बढि सकेको हुने समयमा यो वर्ष भने यार्चाकुन्भु किनमेलको कुनै चहलपहल नभएको स्थानीय धनीराम मल्ल बताउछन् । उनले थपे पोरफुरा यति वेला लाखौंको यार्चा किनमेल भैसक्थ्यो अहिले केही चहलपहल छैन ।
घरघरमा ताला लागेका छन् । सबै जना पाटन गएकाले गाउं पुरै सुनसान छ । वरपर कोही नभएकाले नियास्रो लाग्ने गरेको थरगाउंकी सुनिता बुढाले बताइन् । उनले थपिन चल्ला कुखुरा, खसि, गाइ भैसी सबै लालाबाला सहित गाउंले पाटनमा गएर यार्चाकुन्भु संकलनमा जुटेका छन् । गाउंका धेरै घरमा ताला लागेका छन् भने मान्छे भएका घरमा बुढापाका र बालबालिकाहरु मात्र रहेका छन् ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





