clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
मान्छेको ज्यान लिने सुर्तिजन्य बस्तु खुला रुपमा प्रयोग
 
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १७ जेठ – 
 
 
   पौष्टिक आहार मात्र होइन विभिन्न कारणले स्वास्थ्य स्थिति नाजुक रहेको डोल्पामा सुर्तिजन्य बस्तुहरु खुला रुपमा बिना रोकटोक प्रयोग भरहेको छ । 
   कानुन तःखुला र सार्वजनिक ठाउंमा प्रयोग गर्न नपाइने कानुन बनाएको भए पनि डोल्पाका गाउंमा मात्र होइन सदरमुकाम दुनैमा समेत बिना रोकटोक सार्वजनिक स्थलहरुमा प्रयोग भैरहेको देखिन्छ । 
   जिल्ला सदरमुकाम दुनैको बजारका विभिन्न सार्वजनिक ठाउंहरुमा सबैका अगाडि बिना हिचकिचाहट पदिय रुपमा नेपाल सरकारका जिम्मेवार पदमा बसेकाहरुले नै सुर्तिजन्य बस्तुहरु प्रयोग भएको देखिन्छ । यतिसम्म की विद्यालय हाता भित्र विद्यार्थी कै अगाडि शिक्षकहरुले खैनी, सुर्ति खाने र चुरोट पिएर धुवा उडाउने गरेको पाइन्छ । 
   सुर्ति खैनीका के कुरा चुरोट खाएर विभिन्न सरकारी कार्यालयहरु, मठमन्दिरहरु, पार्टी पौवाहरु, चोक, बाटोघाटो, जीप, विमानस्थल सबैतिर खुल्लमखुला रुपमा सुर्तिजन्य पदार्थहरु सेवन गरेको देखिन्छ । त्यसको नियन्त्रण गर्ने निकायका प्रमुखहरुकै अगाडि खुलेआम सेवन गरेको देखे पनि देखे नदेखे झै गर्ने चलनले पनि सुर्तिजन्य पदार्थको सेवनमा कमि आउने नदेखिएको डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष लालिमान बुढाले बताए । 
   सरकारले निश्चित मापदण्ड तोकेको छ । बालबालिकाहरुलाई, गर्भवतिहरुलाई सुर्तिजन्य पदार्थ र मदिरा बिक्रिवितरण गर्न नपाउने नियममा छ तर यसको कुनै पालना नभएको र कारवाही गर्ने निकायले पनि खासै पहल गरेको नदेखिएको नेपाल पत्रकार महासंघ डोल्पाले जनाएको छ । 
   सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुहरु र मदिरा सेवन गर्नेलाई कारवाही गर्न गरेको अनुरोधलाई प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले नियन्त्रणको प्रयास गर्ने वताए तर नियन्त्रण गर्न सकिनेमा आशंका रहेको बताए । 
   विश्व सुर्तिरहित दिवस बुधवार डोल्पामा विविध कार्यक्रम गरी मनाइएको छ । सुर्तिजन्य पदार्थले विकासलाई अवरोध गर्छ भन्ने मुल नाराका साथ मनाइएको विश्व सुर्तिरहित दिवसको अवसरमा विभिन्न नाराका साथ दुनै बजारमा प्रभातफेरी गरिएको थियो भने जिल्ला समन्वय समिति डोल्पाको आगनमा पुगेर सभामा परिणत भएको थियो । 
   कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, जिल्ला समन्वय समितिका सचिव सागर मिश्र, जिल्ला अस्पताल डोल्पाका डा.नरेश घर्तिमगर लगायतले सुर्तिजन्य बस्तुबाट मानिसको जीवनमा पार्ने असरका बारेमा चर्चा गर्दै यसबाट टाढै रहन सबैलाई आग्रह गरेका थिए । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्