clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
विजयी अध्यक्ष उपाध्यक्ष एमाले प्रवेश
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १४ जेठ – 
 
 
   एमालेको बागी बनेर अध्यक्ष जितेका व्यक्ति आफ्नो पुरानै जिम्मेवारी पाउने गरी पुनः एमाले प्रवेश गरेका छन् । 
   स्थानीय तहको निर्वाचनमा छार्का ताङसोङ गाउंपालिकाको अध्यक्ष पदमा एमालेका विरुद्ध बागीका रुपमा स्वतन्त्र उम्मेदवार बनेर जितेका सेनाङ गुरुङ आइतवार दिउसो एक कार्यक्रमका साथ एमाले प्रवेश गरेका हुन् । 
   एमालेको पार्टी सदस्य मात्र होइन पार्टी जिल्ला कमिटीका सदस्य समेत रहेका धावासम्दुक गुरुङ र पार्टी सदस्य रहेका सेनाङले हिजो पनि एमाले भएको र आज पनि एमाले रहेको र भोलि पनि एमाले रही पार्टीको नीतिविधि र निर्देशन बमोजिम काम गर्ने लिखित प्रतिवद्धता सहित स्वतन्त्र हुनु वाध्यता रहेको प्रष्टिकरण दिए पछि उनीहरुलाई पार्टी प्रवेश गराइएको नेकपा(एमाले) डोल्पाका सचिव नन्दसिंह बुढाले बताए । 
   पार्टीको टिकट लिएर अध्यक्षको उम्मेदवार बनेका त्होता गुरुङलाई हराएका सेनाङले लिखित रुपमा स्तन्त्र उम्मेदवार बन्नु आफ्नो बाध्यता भएको र जितेपछि आफू एमाले मै बस्ने अनि पार्टीले दिएको सम्पूर्ण जिम्मेवारी पूर्णरुपमा सफल पार्न काम गर्ने बताए । 
   त्यसै गरी निर्विरोध भएका शे फोक्सुण्डो गाउंपाकिलाका उपाध्यक्ष धावासम्दुक गुरुङले लिखित रुपमा आफू पार्टीको आफ्नो इलाकाको इन्चार्ज भएको अब पनि पार्टीले दिने जुनसुकै जिम्मेवारी पुरा गर्ने र पार्टीका लागि भरमग्दुर लाग्ने प्रतिवद्धता व्यक्त गरेको नेकपा एमाले डोल्पाले जनाएको छ । 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्