clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
जाजरकोट डोल्पा सडक चीनको सिमामा पुग्न थोरै बनाउनु पर्ने
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १७ जेठ – 
 
 
   जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब थोरै किलोमिटर मात्र बांकी रहेको छ । अहिले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिको वडा नं. ५ मा पर्ने करवगाड राष्ट्रिय सडक सञ्जालसंग जोडिएको त छ जीप चलाउन भने बांकी छ ।
   डोल्पाको सदरमुकाम दुनै जोड्न जाजरकोटबाट नेपाली सेनाले मोटरबाटो तिब्र रुपमा बनाइरहेको र चीनको नाका मरिम्ला नाका जोड्न पनि दुनैबाट मरिम्लातर्फ ड्रिल्पले र मरिम्ला नाकाबाट दुनै तर्फ नेपाल सरकारको सडक विभाग मार्फत मोटरबाटो निर्माण  गर्ने काम भैरहेको जिल्ला समन्वय समिति डोल्पाले जनाएको छ । दुनैदेखि मरिम्ला नाकासम्म करिव १ सय ३० किलोमिटर रहेको छ । जस मध्ये दुनैदेखि लसिक्यापसम्म २० किलोमिटर र मरिम्ला नाकादेखि धो तर्फ ४० किलोमिटर गरी जम्मा ६०  किलोमिटर मोटरबाटो निर्माण भैसकेको छ । निर्माण हुन बांकी खण्डमा पनि निर्माणको काम भैरहेको छ । यसरी डोल्पाको सदरमुकाम दुनैदेखि तल र दुनैबाट माथिका सडक खण्डको विभिन्न ठाउंमा तिब्र रुपमा निर्माण कार्य भैरहेको जिल्ला समन्वय समिति डोल्पाका सचिव सागर मिश्रले बताए । 
   नेपाली सेनाको कार्यदलले निर्माण गरिरहेको जाजरकोट–डोल्पा सदरमुकाम दुनै सम्मको सडकखण्डको १ सय १८ किलोमीटर मध्ये ८ किमीमात्र निर्माण गर्न बांकी रहेको नेपाली सेनाको निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पाहाडीले बताए । उनका अनुसार सडक सञ्जालमा जोडिए पछि तल्लो डोल्पावासीको वर्षौदेखिको कठिन पैदल यात्रा सकिएर गाडीमा यात्रा गर्ने सपना पुरा भएको छ ।
   निर्माण हुन बांकी ८ किलोमिटर सडक निर्माण भएमा जाजरकोट–डोल्पा सडक निर्माण पछि डोल्पा सदरमुकाम दुनै सडकको राष्ट्रिय सञ्जालमा जोडिनेछ । डोल्पा पुग्ने यो सडकले यस भन्दा अघि रुकुमको गोतामकोट र जाजरकोटको रग्दा भगवतिका दुर्गम गाउंमा यातायातको पहुंच पुगेको छ । यो सडक डोल्पाको सदरमुकाम पुगेपछि सदरमुकाम दुनै देखि माथि चीन तर्फको निर्माण हुन बांकी ३० किलोमिटर जति मोटरबाटो निर्माण सकिने वित्तिकै चीन र भारतलाई जोड्ने मुख्य मार्गका रुपमा पनि स्थापित हुने कर्णेल पाहाडीले बताए । ठुल्ठुला पहाड र अत्यधिक कडा चट्टानका कारण उक्त सडकको निर्माण कार्य कहिले सकिएला भन्ने अन्योल कायम रहेका बेला नेपाली सेनाले निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएपछि वर्षौदेखिको सस्तो यातायात मोटरमा यात्रा गर्ने डोल्पालीको आशा पूरा हुन लागेको भन्दै डोल्पावासी हर्षित छन् ।
   डोल्पाको सदरमुकाम दुनैसम्म मोटरबाटो पुर्याउन करवगाड देखि माथि २२ वटा कम्प्रेसर मेसिनले पहाडमा प्वाल पारेर दैनिक सडक निर्माण कार्य तिब्र रुपमा भैरहेको मोटरबाटो निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । उनका अनुसार सैनिक कार्यदलको ध्यान जतिसक्दो छिटो डोल्पाको सदरमुकाम दुनैसम्म सडक पुर्याएर यातायात सञ्चालन गर्ने सोचका साथ निर्माण कार्यमा लागेको छ । भेरी करिडोरमा पर्ने यो सडक निर्माणका लागि ६ वटा सैनिक बेस क्याम्प राखिएको छ भने दैनिक ५ सय भन्दा बढि श्रमिक काममा जुटिरहेको नेपाल सेनाको निर्माण कार्यदलले जनाएको छ ।
सडक निर्माणस्थल भौगोलिक रुपले विकट तथा कडा चट्टान भएकाले निर्माण कार्य ढिलो गतिमा हुदै आएको छ । हाल डोल्पावासी जिल्ला बाहिर जानु पर्यो भने रुकुमको सिमाना नजिक त्रिवेणीमा पुगेर जिप चढ्ने गर्छन् । उक्त सडकखण्डमध्ये ३० किलोमिटर रुकुममा र ४६ किलोमिटर जाजरकोटमा पर्छ । डोल्पामा पर्ने ४२ किलोमिटर मध्ये अब ८ किलोमिटर सडक मात्र निर्माण गर्न बांकी रहेको नेपाली सेनाको निर्माण कार्यदल खदाङ्ले जनाएको छ ।
   कार्यदल प्रमुख कर्णेल पहाडीका अनुसार खदाङसम्मको सडक निर्माण सकिएपछि डोल्पाको सदरमुकाम अज नजिकिदै जाने छ । आगामी दसै भित्र त्रिपुरासुन्दरी नगरपालिकाको खदाङसम्म मोटरबाटो निर्माण सम्पन्न गरी जीप सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको कार्यदल प्रमुख सेनानी पहाडीले बताए ।
   खदाङदेखि दुनैसम्मको करिव ३२ किलोमिटर मध्ये ८ किलोमिटर कडा चट्टाने पहाडमा सडक निर्माणको काम सक्न भने अरु एक वर्षजति लाग्ने सेनाको अनुमान छ । दूरीको हिसाबले दुनैदेखि खदाङसम्म पुग्न पैदलै पनि त्यति टाढा नभएकाले सदरमुकामसम्म मोटरबाटो नपुग्दै पनि खदाङ सम्म जीप सञ्चालनमा ल्याइए पनि धेरै राहत हुने त्रिपुरासुन्दरी नगरपालिकाका नवनिर्वाचित प्रमुख ओमबहादुर बुढाले बताए ।
   जाजरकोट–दुनै सडक राष्ट्रिय सञ्जालमा जोडिएसंगै दुई छिमेकी देश चीन र भारत जोड्ने सबभन्दा छोटो मार्गसमेत यही सडक हुने डोल्पाका माननिय सांसद धनबहादुर बुढा बताउछन् । सरकारले भेरी करिडोर नाम दिइएको यो सडकखण्डले चीनको स्वशाषित क्षेत्र तिब्बतसंग जोडिएको मारिम्ला नाकाबाट तिन्जे, धो, लसिक्याप हुदै डोल्पाको सदरमुकाम दुनै जोडेर यहांदेखि तल त्रिपुराकोट, खदाङ, त्रिवेणी हुदै जाजरकोट, छिन्चु भएर नेपालगन्जबाट रुपैडिहा नाकाले भारतलाई जोड्ने छ । यो भेरी करिडोर बांकेको रुपैडिहा नाकादेखि डोल्पाको मरिम्ला नाका जोडियो भने यी दुवै छिमेकी मुलुकबाट प्रशस्त आर्थिक लाभ हुने गरी व्यापारिक लाभ लिन सकिने सम्भावना रहेको छ । यस कारण मन्त्रालयले उक्त सडकलाई रणनीतिक महत्वका रुपमा लिनु पर्ने माग विगतदेखि गर्दै आएको डोल्पाका एक मात्र सांसद बुढाले दावी गर्दै आएका छन् । आफूले यो सडकलाई राष्ट्रिय गौरवका योजनामा सामेल गरेर पर्याप्त बजेटको व्यवस्था गरी छिटो निर्माण सम्पन्न गरेर दुई छिमेकी मुलुक जोड्ने गरी काम गर्न जोडदार माग गर्दै आएको सांसद बुढाले बताए । दक्षिणको रुपैडिहा नाकादेखि उत्तरको मरिम्ला नाकासम्मको दूरी करिब साढे चार सय किलोमिटर जति हुने अनुमान गरिएको छ ।
   डोल्पाको मेरुदण्डको रुपमा मानिएको यो सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था नगरिंदा निर्माण कार्य सोचेजस्तो गतिमा हुन नसकेको जिल्ला समन्वय समिति डोल्पाका सचिव सागर मिश्रले बताए । छिटो छरितो निर्माणका लागि ठुलो बजेट आवश्यक पर्ने अनुमानका साथ वर्षैपिच्छे जिल्ला परिषद मार्फत नेपाल सरकारलाई पर्याप्त बजेटको व्यवस्था सहित पहिलो प्राथमिकतामा राखि राष्ट्रिय गौरवको योजनामा सामेल गराइदिन नेपाल सरकारलाई अनुरोध गर्दै आएको भए पनि बजेटको कमीका कारण निर्माण धिमो गतिमा हुदै आएको छ ।
    थोरै बजेटका बाबजुद पनि निर्माण कार्य तिब्र भएको अनुभव डोल्पावासीहरुले गरिरहेका भए पनि त्रिवेणीसम्म सञ्चालनमा आएको जीप यातायात सेवाले तल्लो डोल्पाका नागरिकहरुलाई भने धेरै राहत मिलेको मुड्केचुला गाउंपालिका १ का लंकबहादुर रोकाया बताउछन् । उनका अनुसार मोटरबाटो नजिक आए पछि सामानको मुल्य घटेर बजार सस्तो बनेको छ र आवतजावतमा धेरै सहज बनेको छ । 
   डोल्पाको सिमाना नजिक पर्ने त्रिवेणीसम्म आएको मोटरबाटोले मालसामानमा सस्तो र सुलभता आएको छ भने सिमानादेखि करिव ८ किलोमिटर खदाङसम्म आएमा त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका, मुड्केचुला गाउंपालिकावासीहरुलाई राहत मिल्नुका साथै डोल्पा आउने जाने यात्रुहरुलाई धेरै सजिलो हुने आशा डोल्पालीहरुले लिएको जिल्ला समन्वय समिति डोल्पाका सचिव मिश्रले बताए । 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्