समाचार तथा गतिविधि
विभिन्न झांकी सहित गणतन्त्र दिवस
रेडियो डोल्पा एफ.एम.
डोल्पा, १५ जेठ –
सबै कुरामा पछि परेको डोल्पा जिल्लामा सोमवारसम्म जनतामा स्वशासन पुर्याउने उद्देश्यका साथ सम्पन्न निर्वाचन पछिका जनप्रतिनिधिहरुले समेत त्यो अनुभुति गर्न सकेका छैनन् ।
बाजागाजा, दिपावली, विभिन्न झांकी, र्याली, कविता प्रस्तुत र मन्तव्यका साथ मनाइएको छ । जिल्ला समन्वय समिति डोल्पाको प्राङ्गणबाट सुरु भएको झांकी, र्याली बजार परिक्रमा गरी फेरी उही प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रमका विभिन्न वक्ताहरुले गणतन्त्र केवल नारामा मात्र सिमित रहेको र जनताले यसको महसुस गर्न नसकेको कुरा गुनासो गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरासुन्दरी नगरपालिकाका नवनिर्वाचित प्रमुख ओमबहादुर बुढाले कर्मचारीहरुको चाहेमा सरकारी सेवा प्रभावकारी बन्ने र जांगर नलगए जनप्रतिनिधिहरुले मात्र गरेर केही पनि नहुने र परिवर्तन केही पनि नहुने बताएका थिए । उनका अनुसार देशमा हुनु पर्ने सुशासन, पारदर्शिता, जवाफदेहिता लगायतका विषयमा कर्मचारीहरुकै हेलचेक्र्याइका कारण सोचेजस्तो रुपमा हुन नसकेको बताएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले सबै मिलेर एकले अर्कोका भावनालाई सम्मान गरेर र मिलेर गणतन्त्रका उपलब्धिहरुलाई कार्यान्वयन गरेमा देशले सोचेजस्तो उपलब्धि हासिल गर्न सकिने बताएका थिए । उनले थपे एकले अर्कोका कुरा काटेर केही हुनेवाला छैन । एकले अर्कोलाई सम्मान गरेर काममा इमान्दारिताका साथ लागेमा मात्र गणतन्त्रले पूर्णता पाउने छ ।
जिल्ला समन्वय समिति डोल्पाका सचिव सागर मिश्रको अध्यक्षतामा सम्पन्न १० औं गणतन्त्र दिवस समारोहमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघिय समाजवादी फोरम लागयतका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





