clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
अन्यौलमा छन् चुनाव जितेर प्रमुख बनेका नै
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १५ जेठ – 
 
 
   पहिलो चरणमा स्थानीय निर्वाचन भई जितेर नगरपालिका र गाउंपालिका प्रमुख र अध्यक्ष बनेका जनप्रतिनिधिहरु कार्यविधि र बजेट नआउंदा अन्यौलमा परेका छन् । 
   उमेरले ७४ कटेका जिल्ला विकास समितिका पूर्व सभापति समेत भैसकेका ओमबहादुर बुढाले गएको बैशाख ३१ गते भएको निर्वाचनबाट त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख पदमा जित हात पारे उनले जित हात पारेर पदबहाली नगर्दै उक्त नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर बुढा सम्पर्क विहिन बनेका कारण आफू निर्वाचित भएर आएपछि कुनै पनि काम गर्न नपाएको प्रमुख बुढाले बताए । 
   उनले थपे मैले पद बहाली पनि कार्यकारी अधिकृतबाट नभएर वडा सचिवहरुबाट गरे । मैले कृषिलाई व्यवसायिकरण गर्ने, नाङ्गो डांडामा वृक्षारोपन गरेर हरियाली बनाउने, गाउंगाउं मोटरबाटो पुर्याउने प्रतिवद्धता जनाएका उनले सोमवारसम्म कुनै पनि विकासका काम गर्न पाएका छैनन् । 
   सदरमुकाम दुनैको ठुली भेरी नगरपालिकाका प्रमुख लगायतका निर्वाचित पदाधिकारीहरुले पदवहाली गर्नु र केही औपचारिक कार्यक्रममा उपस्थित हुनु वाहेक केही पनि गर्न नसकिएको ठुली भेरी नगरपालिका दुनैका प्रमुख गणेशबहादुर शाही बताउछन् । उनको पनि त्यही व्यथा रहेको छ । निर्वाचन सकिने वित्तिकै कार्यकारी प्रमुख घरतर्फ लागेका छन् । संघिय मामला तथा स्थानीय विकास मन्त्रालयले सोमवारसम्म सिफारिस लगायतका कामको कार्यविधि पठाए पनि विकास योजनाहरु र बजेटका विषयमा कुनै कार्यविधि नआएकाले कार्यमा अन्यौलता कायमै छ । 
   माथिल्लो डोल्पाका गाउंपालिकाहरुमा त झनै कुनै केही काम गर्न सुरुवात सम्म गर्न नसकिएको शे फोक्सुण्डो गाउंपालिकाका अध्यक्ष तसीतुण्डुप गुरुङले बताए । उनले थपे माथिल्लो डोल्पाका कार्यकारी प्रमुखहरु मात्र होइन त्यहां कार्यालय वाह्रै महिना खुलाई राख्न समेत समस्या रहेको छ । निर्वाचन पछि माथिल्लो डोल्पाका शे फोक्सुण्डो गाउंपालिका, डोल्पो बुद्ध गाउंपालिका र छार्का ताङसोङ गाउंपालिकामा कर्मचारी टिकाई राख्न समस्या हुने अनुमान रहेको छ । 
   डोल्पाका सबै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले पहिलो काम मोटरबाटो छिटो ल्याउने प्रतिवद्धता जनाएका छन् । त्यस पछि विधुत, कृषिमा आधुनिकिकरण र व्यवसायीकरण गर्ने,  शिक्षा स्वास्थ्य रोजगारी लगायतका विभिन्न कुराहरु सर्वसाधारणहरुलाई अनुभुति हुने गरी योजना बनाउने र कार्यान्वयन गर्ने बताइएको भए पनि हालसम्म कुनै पनि काम गर्न नै अन्यौलता आएको ठुली भेरी नगरपालिका दुनैका प्रमुख शाहीले बताएका छन् । 
   मतगणना सम्पन्न भई निर्वाचित भएर पदवहाली गरेको २ हप्ता भन्दा बढि बितिसक्दा पनि के काम गर्ने के कति कस्ता प्रक्रिया छन् भन्ने कुरा पनि पूर्ण रुपमा जानकारी छैन । नगरपालिका र गाउंपालिकाका कार्यकारी अधिकृतहरुले समेत आफूलाई कुनै केही निर्देशन नभएका कारण पनि काममा अप्ठेरो परेको बताएका छन्  ।
 
 
स्वतन्त्रबाट अध्यक्ष उपाध्यक्ष बनेका पुनः एमाले पसे
कान्तिपुर संवाददाता
   डोल्पा(दुनै), १५ जेठ – एमालेको बागी बनेर अध्यक्ष र उपाध्यक्ष जितेका व्यक्ति आफ्नो पुरानै जिम्मेवारी पाउन अनुरोध सहित पुनः एमाले प्रवेश गरेका छन् । 
   स्थानीय तहको निर्वाचनमा छार्का ताङसोङ गाउंपालिकाको अध्यक्ष पदमा एमालेका विरुद्ध बागीका रुपमा स्वतन्त्र उम्मेदवार बनेर जितेका सेनाङ गुरुङ आइतवार दिउसो एक कार्यक्रमका साथ एमाले प्रवेश गरेका हुन् । 
   एमालेको पार्टी सदस्य मात्र होइन पार्टी जिल्ला कमिटीका सदस्य समेत रहेका धावासम्दुक गुरुङ र पार्टी सदस्य रहेका सेनाङले हिजो पनि एमाले भएको र आज पनि एमाले रहेको र भोलि पनि एमाले रही पार्टीको नीतिविधि र निर्देशन बमोजिम काम गर्ने लिखित प्रतिवद्धता सहित स्वतन्त्र हुनु वाध्यता रहेको प्रष्टिकरण दिए पछि उनीहरुलाई पार्टी प्रवेश गराइएको नेकपा(एमाले) डोल्पाका सचिव नन्दसिंह बुढाले बताए । 
   पार्टीको टिकट लिएर अध्यक्षको उम्मेदवार बनेका त्होता गुरुङलाई हराएका सेनाङले लिखित रुपमा स्तन्त्र उम्मेदवार बन्नु आफ्नो बाध्यता भएको र जितेपछि आफू एमाले मै बस्ने अनि पार्टीले दिएको सम्पूर्ण जिम्मेवारी पूर्णरुपमा सफल पार्न काम गर्ने बताए । 
   त्यसै गरी निर्विरोध भएका शे फोक्सुण्डो गाउंपाकिलाका उपाध्यक्ष धावासम्दुक गुरुङले लिखित रुपमा आफू पार्टीको आफ्नो इलाकाको इन्चार्ज भएको अब पनि पार्टीले दिने जुनसुकै जिम्मेवारी पुरा गर्ने र पार्टीका लागि भरमग्दुर लाग्ने प्रतिवद्धता व्यक्त सहित पार्टी प्रवेश गरेको नेकपा एमाले डोल्पाले जनाएको छ । 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्