समाचार तथा गतिविधि
अफिम खेति प्रहरीद्धारा नष्ट
रेडियो डोल्पा एफ.एम.
डोल्पा, १५ जेठ –
प्रहरीको एक विशेष टोलीले केही अफिम सहित डोल्पाका एक शिक्षकलाई पक्राउ गरेको छ भने उनले आधा रोपनी जति खेतमा लगाएको अफिम खेति नष्ट गरेको छ ।
घरमा राखेको पुष्टकारी जस्तो देखिने १० वटा डल्ला र प्लेटमा रहेको गिलो प्रकारको अफिम सहित ठुली भेरी नगरपालिका ९ का पेशाले शिक्षक हरिनन्द डांगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरिक्षक पविन्द्रबहादुर वमको नेतृत्वमा स्थलगत रुपमा आरोपितको घरमा छापा मारेर घरैबाट अफिम वरामद गरेको र प्रहरी निरिक्षक वमकै नेतृत्वमा डांगीले आफ्नो करिव आधा रोपनि खेतमा लगाएको अफिम खेति फांडेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताए ।
डोल्पामा खासै थाहा नभएको अफिम खेति शिक्षक जस्तो व्यक्तिले व्यवसायिक रुपमा सुरु गरेको आरोप प्रहरीको छ । अफिमको फलमा पत्तिले चिरेर त्यसबाट आउने चोप समेत संकलन गरी पुष्टकारी जस्ता र त्यत्रै आकारका १० वटा डल्ला र केही गिलो चोप प्लेटमा जम्मा गरी राखेको अवस्थामा वरामद गरी शिक्ष्ँक डांगीलाई पक्राउ गरिनुले यो लागु औषधमा पर्ने अफिम खेति फस्टाउन लाग्नु राम्रो सन्देश नभएको पनि जिल्ला प्रहरी नायव उपरिक्षक खड्काको भनाई छ ।
प्रहरीले अप्रत्यासित रुपमा हरिनन्द डांगीको घरमा आइतवार वेलुकी साढे ६ बजे छापा मारेको थियो । छापा मारेर संकलित अफिम सहित पक्राउ परेका डांगीलाई उनले अफिम खेति गरेको खेतमा गई खेति गरेको अफिम फांडेर नष्ट गरिएको प्रहरीले जनाएको छ । अफिम खेति नष्ट गरेर प्रहरी टोली सांझ साढे ८ बजे जिल्ला प्रहरी कार्यालयमा फर्केको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । बांकी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाको भनाई छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





