समाचार तथा गतिविधि
यार्चाकुन्भु टिप्न पाटन बिहिवारबाट खुला
रेडियो डोल्पा एफ.एम.
डोल्पा, ११ जेठ –
डोल्पालीहरु मात्र होइन विभिन्न छिमेकी जिल्लाहरुका संकलकहरुको मौसमी आम्दानीको प्रमुख स्रोत बनेको यार्चाकुन्भु संकलनका लागि बिहिवारबाट पाटनहरु खुला गरिएको छ ।
यार्चाकुन्भु संकलन गरेर त्यसबाट आर्थिक आम्दानी गर्नका लागि डोल्पा र डोल्पा बाहेकका छिमेकी जिल्लाहरु जाजरकोट, रुकुम, जुम्ला, सल्यान लगायतका विभिन्न जिल्लाहरुबाट आएका संकलकहरुलाई प्रवेशपत्र प्रदान गरी यार्चाकुन्भु टिप्नका लागि डोल्पाका विभिन्न पाटनहरु खुला गरिएको जिल्ला वन कार्यालय डोल्पाले जनाएको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्रका अधिकांश पाटनहरुमा पाइने यार्चाकुन्भु टिप्नका लागि नेपाल सरकारले तोकेको वर्गका संकलकहरुबाट निर्धारित शुल्क लिएर सुलिगाड, धो, साल्दाङ्, भिजेर, छल, खालिवन, त्रिपुराकोट, तोइजम, डोल्फु, किम्री लगायतका विभिन्न स्थानबाट प्रवेशपत्र दिएर यार्चाकुन्भु संकलकहरुलाई बिहिवार बाटै पाटनमा पठाइएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
उनका अनुसार यार्चाकुन्भु टिप्न जाने प्रवेशपत्र क वर्गका लागि ५ सय, ख वर्गका लागि २ हजार र ग वर्गका लागि ३ हजार शुल्क नेपाल सरकारले नै तोकेको छ । यस वाहेक सेवा शुल्क भनेर क वर्गका संकलकबाट ३ सय, ख वर्गका संकलकबाट २ सय र ग वर्गका संकलकबाट १ सय थप शुल्क लिने व्यवस्था भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय डोल्पाका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताए । उनका अनुसार यो थप सेवा शुल्क नेपाल सरकारको राजश्वमा जम्मा हुदैन । मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिहरुको खर्च हो ।
सुलिगाडबाट बिहिवारसम्म २ हजारजतिले प्रवेशपत्र लिएर पाटन लागेका छन् भने अन्य ठाउंबाट प्रवेशपत्र लिनेहरुको संख्या बिहिवारसांझसम्म नआएको संरक्षण अधिकृत चौधरीले बताए । उनका अनुसार बिहिवारसम्म सुलिगाडमा मात्र २५ लाख भन्दा बढि प्रवेशपत्र वापतको राजश्व असुल भएको छ ।
निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने सबै ठाउंमा प्रवेशपत्र काटेर पाटन जानेहरुको संख्या गत वर्ष करिव ७ हजार मात्र थिए । त्यो भन्दा अघिल्लो वर्ष भने त्यसको ३ गुणा थिए भने यो वर्ष पनि गत वर्षको भन्दा बढ्ने आशा राखिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पोहोर सालदेखि यार्चाकुन्भु टिप्न पाटन जानेहरुको संख्यामा धेरै घटेको छ । यार्चाकुन्भु टिप्न जानेको संख्या मात्र घटेको होइन यार्चाकुन्भु उत्पादन हुन पनि घटेको हुन सक्ने यार्चाकुन्भु संकलकहरुले बताएका छन् । उनीहरु भन्छन् टिप्नेको संख्या घटेर के गर्नु यार्चा पाइनै छोड्यो अनि को जान्छ दुख गरिगरि पाटनमा ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





