clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
कार्यपालिका सदस्यहरुको निर्वाचन सम्पन्न
 
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १४ जेठ – 
 
   स्थानीय तहका पदाधिकारीहरुको निर्वाचन सम्पन्न भई गाउंपालिका व्यवस्थापिका गठन भए पछि गाउंपालिका कार्यपालिका सदस्यहरुको निर्वाचन सम्पन्न भएको छ । 
   गत बैशाख ३१ गते निर्वाचन भई डोल्पाका सबै नगरपालिका र गाउंपालिकाहरुको मतगणनाको परिणाम सार्वजनिक भए लगत्तै सबै स्थानीय तहहरुमा कार्यपालिका सदस्यहरुको निर्वाचन पनि सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 
   डोल्पाका ८ स्थानीय तहहरु मध्ये २ वटा नगरपालिकामा मात्र मतदानबाट कार्यपालिका गठन भएको छ भने ६ वटै गाउंपालिकाहरुका कार्यपालिका सबै निर्विरोध रुपमा गठन भएका छन् । 
   जस अनुसार ठुली भेरी नगपालिका कार्यपालिका सदस्यहरुमा ३ दलित वा अल्पसंख्यक निर्विरोध र ५ महिला वडा सदस्यहरुबाट आउने कार्यकारी सदस्यहरु मतदानबाट र त्रिपुरासुन्दरी नगरपालिकामा मतदानबाटै सबै कार्यकारी सदस्यहरु निर्वाचित भएका छन् । 
   डोल्पाका ८ स्थानीय तहहरु मध्ये २ वटा नगरकार्यपालिका र ५ गाउंकार्यपालिका गरी ७ स्थानीय कार्यपालिका नेकपा एमालेले एक्लौटी जितेको छ भने १ वटामा मात्र माओवादी केन्द्रले ५ सदस्य जितेको छ । जगदुल्ला गाउंपालिकाका कार्यकारी सदस्यहरु मध्ये दलित वा अल्पसंख्यकमा १ जना एमाले र बांकी १ जना दलित वा अल्पसंख्यक र ४ जना महिला वडा सदस्यहरुबाट गरी ५ जना माओवादी केन्द्र निर्विरोध भएको छ ।
   मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाका अनुसार नगरपालिकामा ३ जना दलित वा अल्पसंख्यकहरुबाट र ५ जना निर्वाचित महिला वडा सदस्यहरुबाट गरी ८ जना र गाउंकार्यपालिकामा २ जना दलित वा अल्पसंख्यकहरुबाट र ४ जना निर्वाचित महिला वडा सदस्यहरुबाट गरी ६ जना नगर र गाउंपालिकाका निर्वाचित पदाधिकारीहरु सहित सम्पूर्ण सदस्यहरुले निर्वाचन गर्ने व्यवस्था रहेको छ । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्