clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
कर्मचारी भर्ना सम्बन्धी सूचना ।
कर्मचारी भर्ना सम्बन्धी सूचना । 
प्रस्तुत विषयमा रेडियो प्रति उत्तरदायी नदेखिएका कारण मिति २०७४ जेठ ८ गते बसेको सूचना, सञ्चार तथा शिक्षा सञ्जाल(आइसनेट)को कार्यकारी समितिको बैठकले कार्यरत कर्मचारी सबैलाई अवकाश गरी मिति २०७४ जेठ ९ गते बसेको बैठकले तपशील बमोजिमका कर्मचारीहरुको लागि खुला विज्ञापन गरी व्यक्तिगत विवरण माग्ने र पेश हुन आएका बायोडाटा छनोट गर्दा आउने उपयुक्त व्यक्तिलाई बोलाएर आवश्यक प्रक्रिया पुर्याएर कर्मचारी भर्ना गर्ने गरी यो सूचना मार्फत योग्यता पुगेका नेपाली नागरिकहरुले मिति २०७४ जेठ ९ गतेबाट ७ दिन भित्र रेडियो डोल्पाको कार्यालय वा रेडियोको इमेल ठेगाना radiodolpafm@gmail.com र अध्यक्षको इमेल ठेगाना  bishnukantipur@gmail.com मा बायोडाटा पठाउन आह्वान गरिन्छ ।
१. पद ः स्टेशन मेनेजर
  संख्या ः १(एक)
  योग्यता ः स्नातक तह
  अनुभव ः कम्तिमा ३ वर्ष
  तालिम ः पत्रकारिता
२. पद ः समाचार संयोजक/कार्यक्रम उत्पादक
   संख्या ः १(एक)
   योग्यता ः प्रमाणपत्र तह/कक्षा १२ वा सो सरह
   अनुभव ः कम्तिमा २ वर्ष
   तालिम ः पत्रकारिता 
 
 
अध्यक्ष
रेडियो डोल्पा एफएम
दुनै, डोल्पा
 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्