समाचार तथा गतिविधि
जापानीज ईन्सेफलाईटिस खोप पहिलो चरण अभियान
रेडियो डोल्पा एफ.एम.
डोल्पा, २४ बैशाख
राष्ट्रिय जापानीज ईन्सेफलाईटिस खोप अभियान डोल्पामा पनि २१ गतेदेखि सञ्चालन भएको छ । अभियानका क्रममा विभिन्न विद्यालयमा खोप सुरु गरिएको छ ।
दुई चरण सञ्चालन गरिने खोप अभियान तल्लो डोल्पाका विद्यालय विद्यालयमा खोप सञ्चालन गरेर सुरु भएको छ । तल्लो डोल्पाका विभिन्न गाविसहरुका विद्यालयहरुमा अध्ययनरत ३ वर्षदेखि १५ वर्षसम्मका विद्यार्थीहरु र समुदायमा रहेका १ वर्षदेखि ३ वर्षसम्मका बालबालिकाहरुलाई जापानीज ईन्सेफलाईटिस खोप लागउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डाक्टर श्रीकान्त अग्रवालले बताए ।
जिल्ला स्तारिय खोप समन्वय समितिको बैठकले तय गरे अनुसार पहिलो चरणमा तल्लो डोल्पाका १४ वटा सर्मी, नर्कू, कालिका, रिमी, काइगाउं, ल्हां, लिकु, पाहाडा, त्रिपुराकोट, सुं, जुफाल, माझफाल, दुनै र रह गाविसहरुमा सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पाका २३ गाविसहरु मध्ये माथिल्लो डोल्पाका ९ वटा फोक्सुण्डो, धो, साल्दाङ, भिजेर, तिन्जे, छार्का, मुकोट, शहरतारा र लावन गाविसहरुमा यही बैशाख ३० गतेदेखि जेठ ७ गतेसम्म खोप चलाइने जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जनाएको छ । औलो उन्मुलनका लागि थालिएको यस अभियानमा १ वर्षदेखि १५ वर्षसम्मका १५ हजार बालबालिकाहरुलाई खोप लगाइने लक्ष्य छ ।
मानिसलाई लाम्खुट्टेको टोकाईबाट लाग्ने र यो रोग लगि सकेपछि उपचार नहुने भएकोले रोग लाग्नु भन्दा पहिले नै यस रोगको रोकथाम गर्नु नै उपयूक्त हुने चिकित्सकको सल्लाह अनुसार राष्ट्रिय रुपमा अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जनाएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





