समाचार तथा गतिविधि
पत्रकारिताकै सम्बन्धमा अन्तक्र्रिया
बीरबहादुर बुढा
रेडियो डोल्पा एफ.एम.
डोल्पा, बैशाख २४ – नेपालमा सरकारको तर्फबाट आयोजना गरी प्रथम पटक आयोजना गरिएको राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा डोल्पामा पनि दिवस मनाइएको छ ।
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा डोल्पाको दुनैमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले सरकारी कार्यालयहरुले सूचना अधिकारी तोकेको भए पनि सूचना समयमा उपलब्ध नगराउने गरेको बताएका थिए ।
पत्रकारिताको विकासका सम्बन्धमा सरकारी गैरसरकारी लगायतका निकायले चासो नदिएको र डोल्पा जस्तो अति पछि परेको जिल्लाको पत्रकारिताको विकासका लागि सरकारको ध्यान जानुपर्ने विषयमा छलफल भएको थियो ।
डोल्पाको पत्रकारिताको विकास २०५५ सालमा कान्तिपुरले आफ्नो समाचारदाता नियुक्ति गरेर समाचार संकलन थालेबाट सुरु भएको र हाल आएर जिल्लामै स्थानीय ३ वटा सञ्चार संस्थाहरु स्थापना भएकाले पत्रकारिता विस्तारै विकास तर्फ अघि बढेको भए पनि विभिन्न समस्याका बाबजुत पत्रकारिताले झाङ्गीन नपाएको बताइएको थियो ।
सम्बन्धित निकायले सूचना अधिकारी तोकेका र तोकिएका सूचना अधिकारीबाट पत्रकार मात्र होइन सूचना माग्ने जो कोहीले सूचना प्राप्त नभएमा सक्त कारवाही गर्ने राष्ट्रिय पत्रकारिता दिवस जिल्ला स्तरिय समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।
पत्रकारिता र पत्रकारले पनि नेपाल सरकार र पत्रकारहरु संलग्न रहेको निकायले पत्रकार आचारसंहिता बनाएको त्यस भित्र रही मर्यादित, अनुशासित, सत्यतथ्यमा आधारित रहेर पत्रकारिता गर्नु पर्ने विषयहरुमा छलफल भएको थियो । कार्यक्रममा संख्यात्मक रुपमा थोरै भए पनि अन्तक्र्रिया राम्रो रहेको बताउदै कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दुलालले अन्तक्र्रिया कार्यक्रमको समापन गरेका थिए ।
यसरी राष्ट्रिय पत्रकारिता दिवस मनाउने क्रममा प्रथम पटक भएका कारण पत्रकारितासंग सम्बन्धित विषयमा अन्तक्र्रिया गरेर दिवस मनाइएको कार्यक्रमको आयोजक राष्ट्रिय पत्रकारिता दिवस जिल्ला स्तरिय समिति डोल्पाका सदस्य सचिव जिल्ला विकास समितिले बताएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





