समाचार तथा गतिविधि
खडेरि परेपछि लावनमा बौद्धपरम्परा अनुसार १ सय ७० बौद्ध पुस्तक सहित नाग पुजा गरिदै
टेक शाही
रेडियो डोल्पा एफ.एम.
बैशाख २१ डोल्पा –लामो समय देखि डोल्पा जिल्लामा खडेरि परे पछि जता ततै सुख्खा भएको छ । दैनिक रुपमा तुवालो र सुख्खा खडेरिको कारण लागाएको बाली पनि सुकी सकेको छ । एक साता पहिले लावन गाविसको खानि गाँउमा त्याहाँका स्थानिय र प्रमूख लामाको नेतृत्वमा बौछ परम्परा अनुसार नाग देवताको पुजा गरिएको छ ।
त्यसै गरि लावन गाबिसकै ब्यासि गाँउमा पनि तिनदिन पहिले सुख्खा खडेरि हटाउन र पानि पारेर बिनास हुनबाट बचाउनको लागि भन्दै स्थानिय र लामाको अगुवाईमा भब्य पूजा गरिएको छ । बिभिन्न ठाँउमा नाग पुजा गरि बर्षा गराउने बिभिन्न मन्त्रहरु पढि पानिका देवाता नागको पुजा गरिने गरेको लावनका स्थानियहरुले बताएका छन ।
लावन गाविसको बैजिबारामा आज मुख्य लामा,पुजारि र स्थानियहरुको एक बैठक बसि बुद्ध तम्बा सेन्द्रापका बिभिन्न मन्त्र भएका १ सय ७० वटा पूस्तक गुम्बाट निकालि पानि पार्नको लागि भन्दै नाग देवताको पुजा गरिदै छ । प्रत्यक घरमा ५ वटा पुस्तकका दरले बाँडेर दुध,घयू,बिभिन्न परिकार लगायत नाग देवताको लागि प्रर्शाद्धहरु तयार गरि सबै स्थानियहरुको सक्रियतामा नाग देवताको पुजा गरिदैछ ।
बिभिन्न खाले फोहोरको कारण नाग देवता रिसाएकोले भोलीबाट बिहानै पानिका मुहानमा बसेर पानि पनि नखाएर नाग देवताको पुजा गरि उनलाई खुसि बनाएर पानी पारेर यो सुख्खा खडेरि हटाउने लामाहरुको बिश्वास रहेको छ । बौद्ध धर्म र परम्परा अनुसार नाग देवताको पुजापाठ गरेमा पानि पर्ने बिभिन्न खाले रोग हराउने धार्मिक बिश्वास रहेको छ भनेर लावन बैजिबाराबाट हाम्रा समाचारदाता पृथ्बी लामाले खबर पठाउनु भएको छ । त्यसै गरि डोल्पा जिल्लाका बिभिन्न गाविसका बिभिन्न गाँउका मन्दीरहरुमा यो खडेरिको अन्य गरि पानिको बर्षँा गराईदेउ भन्दै हिन्दु धर्म परम्परा अनुसार बिभिन्न देबि देवताको मन्दीरमा पुजापाठ गरि रहेका छन । नाग देवता,देउराली र बिष्णु भगवानको पुजा गरेमा मानिसको ठुला ठुला समस्याको समाधान हुने जनविस्वास रहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





