समाचार तथा गतिविधि
धुवाको तुवालोले पाँचौ दिन पनि हवाई उडान हुन सकेन तुवालोले दिउसै अध्यारो
टेक शाही
रेडियो डोल्पा एफ.एम.
डोल्पा बैशाख २१ –डोल्पाका बिभिन्न ठाँउमा लागेको आगलागिको कारण डोल्पाको जुफाल बिमानस्थलमा आज पाँचौ दिन पनि हवाई उडान हुन सकेन । एक मात्र यातायातको माध्याम हवाई यातायात जुफाल बिमानस्थल पाँचौ दिन सम्म अबरुद्ध भएको छ । दुई साता देखि निरन्तर रुपमा लगेको आगोको कारण धुवाको तुवालोले जहाजले उडान भर्न नसकेको नागरिक उड्यन प्राधिकरण नेपालगञ्जले जानकारि दिएको छ ।
धुवाको तुवालोले आकाश पूरै ढाके पछि मानिसले जिवन पहिलो पटक दिउसै अध्यारो भएको महसुस गरिएको स्थानियहरुले बताएका छन । तिन हप्ता देखि लागेको बाक्लो तुवालो दुई दिन देखि बढ्दै गए पछि आज डोल्पाको सबै ठाँउमा करिव ५० मिटर सम्म टाढाको दुरी मात्र देख्न सकिन्छ ।
हरेक दिन तुवालो बाक्लो हुदै गए पछि तुवालोले मानिसको आँखा दुख्ने,आँखा पाक्ने,अल्छि लागने,टाउको दुख्ने,जवारो आउने,रिगटा लाग्ने जस्ता लक्षण देखा पर्न थालेका छन । धुवाको मात्रा बढे पछि दैनिक रुपमा काम गर्ने,हिडने मानिसलाई स्वासप्रस्वासमा कठिन भएको छ । कार्वण्डाईअक्साईडको मात्रा बढेको कारण यस्तो बेलामा धेरै लामो समय सम्म दौडन,हिडन,बाहिर घुम्न नहुने र सके सम्म पानिको मात्रा बढि पिउने गरेमा स्वास्थ्यमा समस्या नआने चिकित्सकले सल्लाह् दिएका छन ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





