समाचार तथा गतिविधि
अन्तराष्ट्रिय पे्रस स्वतन्त्रताको अवसरमा प्रभात फेरी
शेरबहादुर बुढा
रेडियो डोल्पा एफएम
डोल्पा, बैशाख २१ – अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर डोल्पाको सदरमुकाम दुनैमा उल्लेख्य उपस्थिति र सहभागितामा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मे ३ को अवसरमा मंगलवार विहान ८ बजे नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष विष्णुलाल बुढाको नेतृत्वमा जिल्ला स्थित पत्रकारहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल लगायत जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरु, कर्मचारीहरु, शिक्षकहरु, विद्यार्थीहरु, प्रहरी नायव उपरिक्षक ध्रुवराज राउत लगायत सुरक्षाकर्मीहरु, गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालिमान बुढा लगायतका उद्योगी व्यापारीहरु, सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति हरेको प्रभात फेरी सम्पन्न भएको नेपाल पत्रकार महासंघ डोल्पाका सचिव रमेश बुढाले बताए ।
उनका अनुसार जिल्ला विकास समिति डोल्पाको प्राङ्गणबाट सुरु भएको प्रभात फेरी बजार हुदै सन्तोषी माताको मन्दिर परिक्रमा गरेर पुनः जिल्ला विकास समितिकै प्राङ्गणमा आएर समापन भएको थियो । समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुलालले प्रेस स्वतन्त्रताका विषयमा मन्तव्य राखेका थिए भने नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष बुढाले प्रेस स्वतन्त्रताको सम्वन्धमा प्रकाश पार्दै सबैलाई शुभकामना सहित धन्यवाद दिए पछि कार्यक्रम समापन भएको थियो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसहरु मनाउने क्रममा डोल्पामा यतिठुलो सहभागिता यो पहिलो भएको आयोजक नेपाल पत्रकार महासंघ डोल्पाले जनाएको छ । यो उपस्थिति आगामी दिनमा उपस्थितिमा मात्र होइन पत्रकार, पत्रकारिता र प्रेस स्वतन्त्रताको समर्थनमा उर्लने, सबैले आआफ्नो पक्षबाट सहयोग गर्ने अपेक्षा गरेको नेपाल पत्रकार महासंघ डोल्पाले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै जनाएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





