clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
जिल्ला अस्पताल डोल्पा डक्टर बिहिन

अस्पाताल जस्तो संबेदन शिल निकायले यसरी सेवाग्राहिलाईलाई बाधा अवरोध पार्दा पनी यहाका सरोकारवालाहरु मौन अवस्थामा रहेका छन् । कार्यालयमा निमिक्त कार्यालय प्रमुखको जिम्मेवारी सिनियर अहेव सम्झना बुढाथोकिले लिनु भएको छ । हल स्थायि अनमि २ जना हुनु पर्नेमा १ जना मात्र कार्यरत छन् । यसै गरि ३ जना अहेव हुनेपर्नेमा अहेव सम्झना बुढा वाहेक बाकि करार सेवामा कार्यरत २ जना अनमि ,१ जना अहेव ,र ३ जना कार्यालय सहयोगि मात्र छन् । विगत लामो समय यता करिब ३ महिना बितिसक्दा पनि डक्टर डोल्पामा उपस्थ्ति नभएको र स्थायि कर्मचारीहरु दशै विदामा घर गए पछि नआएकोले जटिल समस्याहरु समधान गर्न कठिन परिरहेको छ । डक्टर खगेन्द्र जंग शाह डोल्पा सरुवा भइ आएपछि कार्तिक २१ गतेवाट २४ गतेसम्म मात्र उपस्थित भइ २५ गतेवाट मसिंर १५ गते सम्म  काज मिलाएर क्षेत्रिय  मेडिकल नेपालगंजमा कार्यरत छन् । त्यस यता करिब डेढ महिना बितिसक्दा पनि कुनै पक्रियामा नगई बिरामिको सेवा सुविधामा बाधा र्सिजना भएको छ । करार सेवामा कार्यरत कर्मचारीले नै भ्याइ नभ्याइ बिरामिहरुलाई सेवा सुविधा दिइरहेका छन् ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्