समाचार तथा गतिविधि
अधिकांश वनमा भिषण आगलागी डोल्पाको आकाश अन्धकार
देवि बुढा
रेडियो डोल्पा एफएम
डोल्पा, बैशाख १९ – खडेरीले आक्रान्त रहेको वेला डोल्पा जिल्लाका अधिकांश वन क्षेत्रमा आगोलागीका कारण अमूल्य वन क्षेत्र र वन्यजन्तुहरुको क्षेती भएको छ ।
जिल्ला वन कार्यालय अन्तर्गत रहेका ५१ सामुदायिक वन उपभोक्ता समिति र ६६ वटा कवुलियति वनहरुमा अधिकांश वनमा आगोलागि भएको अनौपचारिक रुपमा खबर प्राप्त भएको जिल्ला वन अधिकृत रामविचारी ठाकुरले बताए ।
त्यसै प्रकार शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुख्य वनहरुमा र मध्यवर्ति क्षेत्र भित्र पर्ने मध्यवर्ति वनहरुमा पनि भिषण आगोलागीले नसोचेको वन र वन्यजन्तु क्षेति गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।
यसरी जिल्ला वन कार्यालय अन्तर्गतका हुन् या राष्ट्रिय निकुञ्ज भित्रका वनहरुमा विभिन्न कारणले आगोलागि हुंदा अमूल्य कोणधारी वनको जंगल जलेर खरानी भएको जिल्ला वन कार्यालय डोल्पाले जनाएको छ । यसमा कुनै मूल्य तोक्न नसकिने दावि जिल्ला वन अधिकृत ठाकुरको छ किनकी डोल्पा जस्तो सुख्खा हिमाली जिल्लामा वन हुर्कन दशौ वर्ष लाग्छ ।
आगोलागीका क्रममा नेपालकै गहिरो ताल फोक्सुण्डो ताल जाने मुलबाटोमा पर्ने सिराकको काठे पुल जलेर नष्ट भएको, रुम गाउंको जंगलमा आगोलाग्दा ४० लाख भन्दा बढिको कार्सो, स्याउला, नल आदि नष्ट भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत चौधरीले बताए । उनका अनुसार ३ हजार ५ सय ५५ वर्ग किलोमिटरमा फैलियको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्रको ३ हजार २ सय हेक्टर वन क्षेत्र आगोले नष्ट भएको छ । त्यसमा कति वन्यजन्त मरे एकिन गर्न नसकिने अवस्था छ ।
यता जिल्ला वन कार्यालय अन्तर्गतका ५१ वटा सामुदायिक वनहरु मध्ये केही वाहेक प्रायः वन क्षेत्रमा आगोलागी भएर वनजंगल जलेर नष्ट भएको छ । सामुदायिक वनमा आगोलागीका क्रममा शहरतारा गाविस ताचिनका बागबहादुरको घरमा समेत आगोलागी भएर व्यक्तिगत धनमाल समेत क्षेति भएको भने राष्ट्रिय वनमा रहेका अमूल्य वन जलेर र वन्यजन्तु पोल्लिएर नष्ट भएको जिल्ला वन कार्यालय डोल्पाले जनाएको छ । क्षेतिको एकिन गर्न कठिन रहेको जिल्ला वन कार्यालय डोल्पाको दावि छ ।
विभिन्न कारणले वनजंगलमा आगोलागेमा निभाउने सम्भावना कम रहन्छ । किनकी अति भिरालो जमिन, यो वर्षको सुख्खा खडेरी, जोडले चल्ने हावाका कारणले आगो लागे पछि निभाउन सकिने अवस्था अत्यन्त न्यून रहने र हेरेर रामराम गर्नु वाहेक विकल्प नरहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत चौधरीको दावि छ । त्यस्तै जिल्ला वन अधिकृत ठाकुरको पनि सरकारले सचेतना अभियानका साथसाथै अग्नि रेखा निर्माण लगायतको व्यवस्थाबाट आगोलागि हुन नदिनु नै पहिलो उपाय रहेको र डोल्पाका वन क्षेत्रमा आगोलागे पछि निभाउन असम्भव रहेको भनाई छ ।
यसरी जिल्लाका विभिन्न वनजंगलहरुमा भएको भिषण आगोलागिका कारण तुवालो बढेर डोल्पाको आकाश अन्धकारमय बनेको र जसका कारण डोल्पालीहरुले मधुरो घाममा दिन विताउनु परेको स्थानीय ओम रोकायाले बताए । तुवालोले ढाकेकाले चार दिनदेखि डोल्पाको एक मात्र यातायातको साधन हवाई उडान समेत हुन नसकेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





