clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
क्याराभान हिरो थिन्लेका बारेमा
 
 
रेडियो डोल्पा एफएम
   डोल्पा, बैशाख १२ – विश्व प्रसिद्ध फिल्म क्याराभानका हिरो थिन्ले लुण्डुप लामा जैविक विविधता, भौगोलिक विविधता, धार्मीक, सामाजिक र प्राकृतिक रुपमा अतिसुन्दर भूमि साल्दाङ गाविस ५ को साल्दाङ गाउंका सामान्य कृषक परिवारमा ७२ वर्ष अघि जन्मेका हुन् ।  
   थिन्ले नितान्त रुपमा कृषकका रुपमा परिचित थिए । उनको फ्रान्सेली साथी यारिक भ्यालीले आफूले बनाउन लागेको फिल्म क्याराभानमा हिरोको रुपमा चुने पछि थिन्ले कलाकारितामा प्रवेश गरेका थिए । त्यस पछि थिन्लेले नेपथ्यद्धारा निर्मित सा कर्णाली, इकुइकुमा मुखिया बा र भरखरै बनेको एभरेष्ट डकुमेन्ट्रीमा मुख्य कलाकारको रुपमा खेलेका थिए । 
   दुई छोरा र दुई छोरीका बाबु, छोराछोरीका तर्फबाट १६ नातिनातिनाका बाजे बनेका थिन्लेकी परिवार भने धेरै वर्ष अघि उनलाई छोडेर परलोक गईसकेकी छिन् । पछिल्ला दिनहरुमा आराम गर्न मनपराउने र कलाकारितालाई अलि बढि माया गर्न थालेका थिए । 
   यस भन्दा अगाडि थिन्ले मुख्य पेशाका रुपमा कृषकलाई जन्मदेखि नै अगाल्दै आएको दुनै स्थित थिन्लेका घरभेटी रामकृष्ण रेग्मी बताउछन् । उनका अनुसार थिन्ले कलाकार, कृषक मात्र होइनन् समाज सुधारका अगुवा पनि हुन् । 
   उनको कमाई कृषि पेशा नै हो । अहिले आएर पनि हिरो थिन्ले पशुपालनमै व्यस्त थिए । चौरी पालनका कारण साल्दाङ गाविस भरिमा हुनेखाने परिवारका रुपमा चिनिने थिन्ले परिवारको कमाई कृषि पेशा नै मुख्य बनेको छ । 
   थिन्लेका दुबै छोराहरु साल्दाङमै कृषि पेशा गरिरहेका छन् । जेठो छोराले थिन्लेले हिमाली परियोजना मार्फत अनुदान पाएका चौरीहरु पालि रहेका छन् भने कान्छो छोराले बाख्रा पालन गरेर गुजारा चलाई रहेका छन् । उनका छोरीहरु मध्ये कान्छी छोरी साल्दाङमै छन् भने जेठी छोरी दावा लामु लामा कमाई गर्ने सिलसिलामा अमेरिकाको वासिङ्टनडिसीमा छिन् । 
   पछिल्ला दिनहरुमा थिन्ले उमेर पाकेर पनि पशुपालन र कृषि पेशा मै रमाउने गर्थे । त्यसैले उनी वर्षको धेरै समय जन्मस्थान साल्दाङमै बस्थे भने काठमाण्डौ जाने क्रममा कार्तिक, मंसिरमा र काठमाण्डौंबाट फर्कने क्रममा फागुन चैतमा गरी चार महिनाजति दुनैस्थित पुरानो घरमा बस्थे । २ महिना जति भने काठमाण्डौं बस्ने गर्थे । कसैले कुनै कलाकारिताका लागि बोलाएमा मात्र जिल्ला वाहिर जाने गरेको थिन्ले जन्मेको गाउंको विद्यालय शेल्री डुग्ड्रा निम्नमाध्यमिक विद्यालय साल्दाङ्का प्रधानाध्यापक ज्ञानु गुरुङ बताउछन् ।
   कृषक र कलाकारका रुपमा चिनिने हिरो थिन्लेले शिक्षामा पछि परेको माथिल्लो डोल्पाका विभिन्न गाउंका विद्यालयहरुको विकासका लागि पनि योगदान गरेका छन् । उनले साल्दाङमा बनाएको विद्यालय भवनलाई क्याराभान विद्यालय भनेर समाजमा चिन्ने गरिएको छ । समाज परिवर्तनका लागि तथा समाजको विकासका लागि थिन्ले २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति सदस्य समेत निर्वाचित भएका थिए । त्यतिवेला उनी केही गाउंमा अगुवाई पनि गर्ने गरेका थिए । 
   लामा शिक्षा पनि थोरै पढेका र सरकारी विद्यालयको ढोकै नदेखेका थिन्ले नेपालको शिक्षा प्रणाली अनुसार औठाछाप थिए । औपाचारिक शिक्षा नपढेको भए पनि थिन्ले समाज सेवा, कलाकारिता, नेतृत्व र कृषि पशुपालन पेशामा निकै सक्षम रहेका थिन्लेका हाल एउटा मात्र घर जन्मस्थान साल्दाङ्मा मात्र छ । विरामी परेको बेला उपचार गर्नका लागि आर्थिक समस्या परेका कारण ४५ सालतिर दुनैमा बनाएको घर २०६६ सालमा २८ लाखमा रामकृष्ण रेग्मीलाई बेचेका थिए । त्यतिवेलादेखि हिरो थिन्ले नमरुन्जेल भनेर रामकृष्ण रेग्मीले निशुल्क दिएको एक कोठामा दुनै आएपछि बस्ने गर्थे । 
   चिसो छल्न र अन्य काम गर्न हिउदमा दुनै तथा काठमाण्डौ झर्ने थिन्ले सधै बैशाखको १५ देखि २० गतेतिर मात्र साल्दाङ् तर्फको उकालो लाग्थे । यो वर्ष वर्षा कम भएकोले हिउं छिटो पग्लेको र घरमा छिटो पुग्ने आशामा आइतवार दुनैबाट घरतर्फ हिडेका थिए । 
    
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्